२०८२ बैशाख ५ गते, शुक्रबार १२:३१

७ साउन, काठमाडौं । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ मूल्य रहेको सुन यस दिन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१० रुपैयाँ रहेको चाँदी आज १७९० रुपैयाँमा झरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्