४ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार परवर, मुला, तने बोडी, घिउ सिमी, पाकेको फर्सी, घिरौंलासहित केही तरकारीको भाउ बढेको छ । भिण्डी, पिंडालू, स्थानीय काउली, तिते करेला, लौकाको मूल्य भने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो १२०, गाजर १००, स्थानीय काउली ८०, लाम्चो भन्टा ९०, तने बोडी १३० रुपैयाँमा कारोबार भएको छ ।
घिउ सिमी १८०, भटमासकोशा १५०, तिते करेला १००, परवर ८०, घिरौंला १२०, लौका १००, भिण्डी १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
हरियो प्याज २००, न्यूरो १२०, कन्य च्याउ प्रतिकिलो २००, डल्ले च्याउ ३२० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो अधिकतम ७२, प्याज ९५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।