Friday, November 29, 2024
घरसमाचारपेरिस ओलम्पिक खेल्ने नेपाली खेलाडीलाई फ्रान्सका राजदूतको बिदाइ

पेरिस ओलम्पिक खेल्ने नेपाली खेलाडीलाई फ्रान्सका राजदूतको बिदाइ

१ साउन, काठमाडौं । अर्को सातादेखि फ्रान्सको पेरिसमा हुने ओलम्पिक २०२४ खेल्न जाने नेपाली खेलाडीलाई फ्रान्सका राजदूत जीन बाप्टिस्ट लेसेकले बिदाइ गरेका छन् । मंगलबार काठमाडौंमा एक कायक्रमका बीच उनले बिदाइ गरेका हुन् ।

पेरिस ओलम्पिक खेल्ने ७ मध्य टेबलटेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा देश बाहिर हुँदा विदाई कार्यक्रममा सहभागी थिएनन् । एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ब्याडमिन्टनका प्रिन्स दाहाल बिदाइ कार्यक्रममा सहभागी थिए ।

बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, ओलम्पिकमा जाने प्रशिक्षक र फ्रान्स राजदूतका विभिन्न ब्यक्तिहरुको उपस्थिति थियो ।

‘सबैभन्दा पहिला म ओलम्पियनहरुलाई उनीहरुको उल्लेखनिय यात्राको लागि र पेरिस ओलम्पिक खेलहरुमा भागलिन देशको प्रतिनिधित्व चयन हुनु भएकोमा बधाई दिन चाहन्छु । तिम्रो समय आएको छ । यो तिमीहरुको साथी, परिवार र सम्पूर्ण राष्ट्रको लागि गर्वको क्षण हो’, फ्रान्सका राजदूत लेसेकले बिदाइ कार्यक्रममा भने । त्यसैमा थपे, ‘तपाईं त्यसको लागि योग्य हुनुन्छ । यतिमात्रै होईन पूरा जीवनभर सक्षम हुनुनेछ ।’

उनले खेलकुदमा कहिल्यै एक ब्यक्तिको कारण नहुने पनि बताए । ‘खेलकुदमा सफलता एक ब्यक्तिको कारण हुँदैन । प्रशिक्षक र सपोर्ट स्टाफको भूमिका महत्वपूर्ण हुन्छ । खेलकुद हाम्रो शिक्षाको हिस्सा हो । ठूलो शक्तिहरुसँग ठूलो जिम्मेवारी आउँछ’, लेसेकले भने ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राजदूतको बिदाइले खेलाडीमा थप हौसला मिल्ने बताए ।

पेरिस ओलम्पिक २६ जुलाई देखि अगष्ट ११ सम्म हुनेछ । टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोछ प्रतियोगिता पार गरेर तथा अन्य ६ खेलाडीले वाइल्ड कार्ड मार्फत सहभागी जनाउनेछन् । स्यान्टुले दुई महिनाअघि नेपालमै भएको छनोटको फाइनलमा आफ्नै सहकर्मी संयोग कपालीलाई ४-३ सेटले हराउँदै ओलम्पिकमा छनोट पार गर्दै पुग्ने तेस्रो नेपाली खेलाडी बनेका थिए ।

तेक्वान्दोकी संगिना वैद्य २००४ र दीपक विष्ट २००८ पछि स्यान्टु छनोटबाट ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । नेपाली खेलाडीले ओलम्पिकमा हालसम्म मेडल भने जितेका छैनन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -