२०८२ बैशाख ५ गते, शुक्रबार १०:३९

२७ असार, ढोरपाटन (बागलुङ) । वर्षाका कारण पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका-७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्ने गरेको बागलुङ नगरपालिका-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए ।

आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्