२०८२ बैशाख ५ गते, शुक्रबार १८:१७

काठमाडौं/शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमा सवारी आवागमन ठप्प भएको जानकारी दिएको हो ।

काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण रूपमा अवरुद्ध छ । कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्गमा पनि यातायात ठप्प छ ।

प्रतिक्रिया लेख्नुहोस्