सिरहा- जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार विहीबार करिब २ बजेको समयमा आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिए पनि घटना शङ्कास्पद रहेको स्रोतले जनाएको छ ।
बाँके जिल्ला घर भएकी सुनुवारको जिल्लास्थित कर्जन्हा प्रहरी चौकीमा दरबन्दी रहे पनि काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिइन् । प्रहरीले घटनाबारे कुनै प्रतिक्रिया दिन चाहेन ।