काठमाडौँ/इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि नेपाली टिममा पूर्व कप्तान सन्दीप लामिछानेको नाम राखेको छ ।
आईसीसीले मंगलबार सन्दीपको नाम राखेसँगै नेपाली टिममा १६ खेलाडी अटाएका छन् ।
सन्दीप नेपाली टिममा परेपनि समूह ‘डी’ अन्तर्गत बुधबार बिहान अमेरिकामा हुने श्रीलंकाविरुद्धको खेलका लागि सन्दीप अनुपस्थित हुनेछन् ।
अमेरिकाले भिषा नदिएका कारण सन्दीपले अमेरिकाको दुवै खेल गुमाउने पुगेका हुन् । तर उनी वेस्ट इन्डिजमा हुने दुवै खेलमा सहभागी हुन पाउने भएका छन् । उनी वेस्ट इन्डिज पुगिसकेका छन् ।
नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल वेस्ट इन्डिजमा खेल्दैछ ।