२०८२ बैशाख ५ गते, शुक्रबार ०५:०७

काठमाडौं । अदालतले सोमबार तेस्रोपटक ३ दिन म्यादथप गरेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया बुधबार हिरासतमुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई रिहा गरेको हो ।

ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ ।

धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्