२०८२ बैशाख ५ गते, शुक्रबार १६:४०

४ वैशाख, काठमाडौं । बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका-२ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी) फुटाहाले चेकिङका क्रममा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो ।

चेकिङका क्रममा उनीसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद भएको छ ।

उक्त समानसहित नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका व्यक्ति  रुकुम पश्चिमको सानोभेरी गाउ पालिका-५ का ३४ वर्षीय बमबहादुर पुन रहेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्