वीरगंज/ लिभिङ विथ इनभारोन्मेन्ट ( वातावरण: जिउने आधार), पर्साको पदस्थापन कार्यक्रम एक कार्यक्रमका बीच सम्पन्न भएको छ।
संस्थाको शाखामा वार्षिक साधारणसभाबाट चयन भएका जिल्ला संयोजक अनमिका तिवारीसहितको कार्यसमितिलाई एक समारोहबीच शनिवार पदभार ग्रहण गराइएको हो।
संस्थाको नव गठित कार्यसमितिमा लकी वर्णवाल उप संयोजक चयन भएका छन् भने आयुष्मा सोनी सचिव पदमा चयन भएकी हुन्, त्यस्तै संस्थाको कोषाध्यक्ष, कार्यक्रम संयोजक सार्वजनिक सम्पर्क अधिकारीमा क्रमशः सुमन ठाकुर, आलोक मण्डल, र उज्वल राउत चयन भएका हुन भने प्रार्थना शाह, बिकी सिंह, धिराज सदस्य पदमा चयन भएर सो समारोहमा पदभार ग्रहण गरेका हुन्।
नव गठित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमाण पत्र वितरण गर्दै पदस्थापन गराइएकाे हो ।
पर्यावरण सम्बन्धी अनुसन्धान एवं संरक्षणको प्रमुख उद्देश्य सहित २०७४ सालमा स्थापित संस्थाले जीवन एवं वातावरणसँग सहज़यात्रा, नेपालभरका विभिन्न क्षेत्रमा जागरूकता बढ़ाउन, संरक्षण र परीक्षणको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको पदभार तथा सम्मान कार्यक्रमको अध्यक्षता गरिरहेका केन्द्रिय अध्यक्ष आकाश चौहानले बताउनु भयो।
संस्थाकाे साधारणसभाले पर्यावरण अभियानमा काम गर्ने वा पर्यावरणको संरक्ष प्रोत्साहन गर्ने व्यक्तिहरूलाई २०२५ देखि प्रतिवर्ष १० हजार रुपैयाँको सहायता प्रदान गर्ने निर्णय गरेकाे केन्द्रिय अध्यक्ष चाैहानले बताए।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बाेधन गर्नु हुँदै जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदेले युवाहरू समाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताए । उनले भने “उमेर त एउटा कुराहो युवाको परिभाषाकालागि तर युवा जोश र जाँगर निष्ठा र क्रियाशिलतालाई उमेर हदको घेरा भित्र सीमित हुनुहुँदैन ।”
उनले आजको काम गर्ने विषय नै वातावरण भएकाे वताए । स्वच्छ वातावरण नभए बाँच्न नसकिने बताउनु हुँदै वहाँले पर्यावरण बचाउने अभियानमा युवाहरु लाग्नु पर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी.लामिछानेले स्वच्छ वतावरणमा जीवन यापन गर्न पाउने कुरा संविधानले ग्यारेन्टी गरेको बताउनु भयो । मानव जीवनमा स्वच्छ वातावरण नभई नहुने भएकाे बताउनु हुँदै वहाँले यसकाे कार्यान्वयन सरकार गंभीर हुनु पर्ने बताउनु भयो।
स्वच्छ वतावारणको मुद्दा विश्वब्यापी नै उठेको चर्चा गर्दै केंन्द्रिय सदस्य लामिछानेले स्वच्छ वतावरणको प्रत्याभूतिकालागि सरकारहरुलाई जिम्मेवार बनाउन अभियान चालउनु पर्ने सुझाव दिए ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले मुर्ली र नगवा पोखरी सौन्दर्यकरणको नाममा वतावरण संरक्षणको मौलिकपनलाई नष्ट गर्ने काम सरकारहरुले गरेको भन्दै आलोचना गरे ।
कार्यक्रममा संस्थाका पूर्व सदस्यहरु राजन रौनियार, दिपु वर्णवाल, रूपक पटेल, प्रभात सिंह, फिरोज अंसारी, प्रभाकर चौरसिया, रोहित गुप्ता, ऋषि पटेल र कृष्ण चौरसियालाई संस्थामा आवद्ध रहि विगतमा पुऱ्याएको योगदानको कदर स्वरुप कदर पत्र सहित सम्मानित गरिएको थियो।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिका सदस्य सन्तोष मिश्र, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, लालबाबु सिंह, अजित भुजेल, बिमला गुप्ता लगायतको सहभागिता रहेको थियो ।