काठमाडौं/नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्रीसँग कुरा गर्न बालुवाटारमा पुगेका छन् ।
आज बिहान ११ बजे पार्टीको सचिवालय बैठक बस्दैछ । त्यसअघि खनाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर कुराकानी गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।
भेटमा एकीकृत समाजवादीको सत्ता गठबन्धनमा सहभागीता बारे कुरा भएको थियो । सोही विषयमा निर्णय लिन आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादीको बैठक बस्दैछ ।