Tuesday, November 26, 2024
घरक्राइम चेकराजा ज्ञानेन्द्रलाई गढ़ीमाई मन्दिरमा स्वागत गर्न तछाड मछाड, प्रशासनले बैनर र तस्वीर...

राजा ज्ञानेन्द्रलाई गढ़ीमाई मन्दिरमा स्वागत गर्न तछाड मछाड, प्रशासनले बैनर र तस्वीर हटायो (भिडियोसहित)

वीरगंज/ बाराको गढ़ीमाई मन्दिरमा पूजा गर्न गएका राजा ज्ञानेन्द्रलाई स्थानीयहरूले भव्य स्वागत गरेका छन्।

मध्य तराईको मधेश प्रदेशको बारा, पर्सा, रौतहट एवं सर्लाहीको धार्मिक भ्रमणमा रहनु भएका राजा ज्ञानेन्द्र विहिबार गढ़ीमाई मन्दिरमा पूजा गर्न जाँदा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति, बाराको अगुवाईमा राष्ट्रिय झण्डा सहित आएका स्थानीयहरूले भव्य स्वागत गरेका हुन्।

मधेश प्रदेशका विभिन्न जिल्लामा सर्वसाधारण नागरिकसँग भेटघाट एवं धार्मिक भ्रमणकालागि पौष २३ गते सिमरा आइपुगेपछि पौष २९ गते सर्लाहीको बरहथवास्थित मुक्तेश्वर महादेव मन्दिर, माघ २ गते रौतहटको शिवनगर स्थित शिव मन्दिर पछि बिहीबार बाराको गढ़ीमाई मन्दिरमा पूजा गर्न जादा स्थानीयहरूले राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा कसको जनताको जनता कसको राजाको जस्ता नारा लगाउँदै राजा ज्ञानेन्द्रलाई फूल माला र पुष्पबृष्टिसहित स्वागत गरेका थिए।

राजा ज्ञानेन्द्रको स्वागतकालागि गढ़ी माई मन्दिर क्षेत्रमा लगाइएका राजाको तस्वीर सहित बैनर बारा प्रशासनले हटाईदिएको श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका प्रचार प्रसार विभाग प्रमुख मानव सेवकले बताउनु भयो।

प्रशासनले बैनर हटाएपनि शान्ति सुरक्षा एवं भीड़ व्यवस्थापनमा भने बारा प्रशासनले कुशलता प्रदर्शन गरेको मानव सेवले बताउनु भयो।

आगामी माघ १३ गते शनिवारका दिन वीरगंज स्थित लाल बंगलाको प्रांगणमा पूर्व राजाको नागरिक अभिनन्दन गरिने कार्यक्रम निर्धारण भएको समितिका महासचिव हिरा बहादुर चन्दले बताउनु भयो।

हेर्नुहोस् भिडियो :

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -