२०८२ बैशाख ७ गते, आईतवार ०४:१५

काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षमा दुई अर्बभन्दा बढी नाफा कमाएको छ । शुक्रबार प्रकाशित चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा सो कुरा उल्लेख छ ।

सो वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालू आवको उक्त अवधिसम्मा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

यो गत आवको सोही अवधिको तुलनामा ८.९० प्रतिशतले कम टेलिकमले जनाएको छ ।

त्यस्तै गत आवको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रतिक्रिया लेख्नुहोस्