Friday, November 29, 2024
घरसमाचारअर्थवाणीप्रसौनी नाकाबाट खाद्यान्न, कपड़ा एवं रांगा-भैँसीको तस्करी, अवैध मदिरा भट्ठी पनि संचालनमा

प्रसौनी नाकाबाट खाद्यान्न, कपड़ा एवं रांगा-भैँसीको तस्करी, अवैध मदिरा भट्ठी पनि संचालनमा

वीरगंज/भारतसँग सीमा जोड़िएको पर्साको ग्रामीण भेग मध्ये एक प्रसौनी भाठ्ठा क्षेत्रबाट तस्करी मौलाएको छ। सो क्षेत्रबाट लामो समय देखि खाद्यान्न, हार्डवेयर, मोटर पार्ट्स एवं कपड़ाको तस्करी हुँदै आएपनि भारतबाट अस्वस्थकर रांगा, भैँसी ल्याउने तस्करहरूलाई भने लाईन दिईएको थिएन। समय र परिस्थिति हेरि व्यक्तिगत रिस्कमा तस्करहरूले मासु जन्य अस्वस्थकर रांगा भैँसी ल्याउने काम भने गरिनै रहेको थिए। तर यही २० गते देखि भने “लाइन” लिएर नै रांगा, भैँसीहरू भित्र्याउन थालिएको छ।

सो स्थानमा रहेका सशस्त्र प्रहरी बलको पोस्ट एवं नेपाल प्रहरीको चौकीलाई प्रभावमा नपारेसम्म तस्करीको लाइन वा अवैध क्रियाकलाप गर्न नसकिने भन्ने कुरा बुझेका तस्करहरूले सबै पक्षलाई प्रभावमा पारेपछि बुधवारदेखि तस्करहरू निर्भिकताकासाथ निर्वाध तस्करीमा जुटेको बुझ्न सकिन्छ।

नेपाल सरकारले घरेलु मदिराको उत्पादन र बेचबिखन कार्यलाई कानूनत: अपराध मानेपनि राज्यका निकायको नाकै मुनि अवैध मदिरा भट्ठी पनि संचालन रहेको श्रोतले जनाएको छ ।

स्थानीय ६ जना ब्यक्तिले प्रहरी चौकी प्रसौनीलाई नजरना बुझाई मदिरा भट्ठी संचालन गरेको बताइन्छ ।

प्रसौनी नाकाबाट भैँसी, राङ्गा, हार्डयेवर, लत्ताकपडालगायतका सामग्रीहरुको निर्वाध रुपमा तस्करी भईरहेको समाचार बहिरिएको हो। रातीको करिब १० बजे देखि बिहान ४ बजे सम्म सो क्षेत्रबाट निर्वाध रुपमा तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले तस्करीमा कडाई गर्ने निर्देशन दिएको भएपनि प्रहरी चौकी प्रसौनीलाई प्रहरी उपरीक्षक शाहको निर्देशनले खासै प्रभाव नपारेको बुझिन्छ।

प्रहरीले तस्करहरुसँग महिनवारी नलिएको भए निर्वाध रुपमा तस्करी हुन सक्ने संभावना रहँदैन।

तस्करहरुले मोटरसाइकल तथा साइकलमा लोडगरी कपडा, कस्मेटिक, चिनी, खाने तेल, भारतीय चप्पल, हार्डवेयर्स, किराना सामान लगायतका सामाग्री अवैध रुपमा भित्र्याउने गरेका छन्।

त्यस्तै सशस्त्र र नेपाल प्रहरीलाई प्रभावमा पारेर तस्करहरुले रात्रीको समयमा भारतबाट नेपाल तर्फ अबैध रुपमारांगा र भैंसी भित्रयाउने गरेका छन्।

प्रसौनी नाका भई भित्र्याईएका भैँसी-रङ्गाहरु नहरको बाटो हुँदै सशस्त्र प्रहरी वेश क्यामप बहुअर्वा भाठ्ठाको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुरसम्म दैनिक ५० देखि १ सय सम्म भैंसी रातीको १० बजे देखि ४ बजेसम्म भैँसी तस्करहरुले पुऱ्याउने गरेको स्थानीयहरु बताउँछन ।

दिनहुँ लाखौको भारतीय समान अबैध रुपमा भन्सार राजस्व चुहावट गरि नेपाल भित्र्याउने गरिएकोमा प्रहरीका उच्च अधिकारीहरुले तस्करी रोक्न तदारुकता नदेखाएको पाइएको छ ।

यसरी प्रहरीकै मिलोमतोमा तस्करी हुन थालेपछि पछिल्लो समय नेपाल सरकारको दैनिक करोडौँ मुल्य बराबरको राजश्व चुहावट भइरहेको स्रोतले दाबी गरेको छ ।

यसैबीच पर्सा प्रहरीले तस्करी गरि नेपाल भित्र्याइएको बिल बिजकभन्दा बढ़ीको केमिकल्स तथा खुद्रा सामानहरू बोकेको एउटा माल बाहक ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा बुधबार राति करिब १०:४५ बजेको समयमा वीरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमति प्रदेश ०१-००६ ख २७३१ नम्बरको मालवाहक ट्रकलाई वीरगंज महानगरपालिका वडा १४, गण्डक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य रू. ४१ लाख ५२ हजार ३सय १९ बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको उल्लेखित सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताउनु भयो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -