२०८२ मंसिर २० गते, शनिबार १७:३८

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि ‘एमेच्योर’ राहुललाई

१३ मंसिर, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन। अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२-अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले माथ दिए। राहुलको सूर्य नेपाल गल्फ टुरमा करियरको यो पहिलो उपाधि हो।

गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन-पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११-अन्डर २७७ सहित दोस्रो भए। प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य भने समग्रमा ७-अन्डर २८१ सहित तेस्रो भए। उनले आज इभन-पार ७२ मा खेल सकाए।

समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे। निरजले आज १-ओभर ७३ र भुवनले २-अन्डर ७० मा खेल सकाए। प्रोफेसनलतर्फ संयुक्तरुपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। यसैगरी समग्रमा इभन-पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं भए। सुनिलले २-अन्डर ७० र जयरामले इभन-पार ७२ को स्कोर दर्ज गरे। दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए।

यसैगरी समग्रमा ३-ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सकाए। उनले आज इभन-पार ७२ मा खेल पुरा गरे। ४-ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५-ओभर २९३ सहित भुवन कुमार रोक्का समग्रमा दशौं भए। अन्तिम दिन सञ्जयले इभन-पार र भुवनले १-ओभर ७३ को स्कोर दर्ज गरे। उनीहरूले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे। आज एमेच्योर गजेन्द्र गुरूङले १०औं होलमा होल-इन-वानको सफलता प्राप्त गरे।

अन्तिम १८ होलको खेल सुरू गर्दा राहुल र सदभाव विरूद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो। उपाधि जित्ने सम्भावना तोरणको उच्च थियो। तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे। दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। उनले बोगीरहित फ्रन्ट नाइन खेले। फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए।

यता लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगी विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। फ्रन्ट नाइनको खेल सकिंदा राहुलले खेललाई बराबरीमा पुर्याए। तोरण र राहुल समान ११-अन्डरमा थिए। यसपछि बाँकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिस्पर्धा चल्यो।

राहुलले ११औं र १२औं होलमा बर्डी प्रहार गरे। तोरणले भने १०औं र १३औं होलमा एक-एक सट बचाए भने १५औं होलमा बोगी प्रहार गर्दा १५औं होलको खेल सकिंदा खेल बराबरीमा पुग्यो। १६औं होल राहुलको लागि टर्निङ प्वाइन्ट बन्यो। उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे। राहुलले एक स्ट्रोकको अग्रता बनाए। १७औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते।

राहुलले दाबेदार सदभावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते। डिफेन्डिङ च्याम्पियन सदभावले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि दोस्रो छैटौं र नवौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। यसपछि १०औं, ११औं, १४औं र १७औं होलमा एक-एक सट बचाए भने १५औं होलमा डबल बोगी खेपे र १८औं होलमा एक सट खेर फाले। ब्याक नाइन १-अन्डर ३५ मा सकाए। उनी समग्रमा तेस्रो र एमेच्योरतर्फ दोस्रो भए।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस-प्रेसिडेन्ट दीप्रा लहरी र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे। चार दिने प्रतियोगितामा कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको थियो। प्रतियोगितामा ३४ प्रोफेसनल र १३ गरी कुल ४७ खेलाडीले प्रतिस्पर्धा गरे। सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM