२०८२ मंसिर २० गते, शनिबार ००:१८

हिउँ चितुवामा संरक्षणमा नेपाल र चीनबीचको सहकार्य अपरिहार्य : मन्त्री शाही

फाइल तस्वीर


१३ मंसिर, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवाको संरक्षणका लागि अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

दुर्लभ वन्यजन्तु हिउँचितुवा संरक्षणका लागि काठमाडौंमा बिहीबारदेखि सुरू भएको ३ दिने कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले प्रजाति संरक्षणमा अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताएका हुन् ।

मन्त्री शाहीले तराईमा बाघ र हिमालमा हिउँ चितुवा नेपालको पहिचान झल्काउने सूचक जनाउँदै हिउँ चितुवाले हमाली भेगको सांस्कृतिक, पर्यावरणीय र जैविक सम्पत्तिको रूपमा लिनुपर्ने बताए ।

उनले हिउँ चितुवा नेपालको हिमाली क्षेत्रको पारस्थितीकीय प्रणालीलाई स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै संरक्षणका महत्त्वपूर्ण रहेको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा सुरू भएको उक्त कार्यशालामा नेपाल र चीन गरी ४ दर्जनभन्दा बढी अनुसन्धानकर्ताहरू सहभागी छन् ।

कोषका सदस्य सचिव नरेश सुवेदीले हिउँ चितुवाको अध्ययन र अनुसन्धानका लागि नेपाल र चीनका अनुसन्धानकर्ताहरूबीचको संयुक्त पहललाई निरन्तरता दिइएको बताए । चीनको पेकिङ विश्वविद्यालय,सान सू कन्जर्भेसन सेन्टर,टेनसेन्ट फाउन्डेसनलगायतको प्राविधिक सहयोगमा सुरू भएको उक्त कार्यक्रममा अध्ययन अनुसन्धानमा नविनतम् प्रविधिको उच्चतम प्रयोगको बरेमा छलफल हुने कोषका निर्देशक डा चिरञ्जीवी पोखरेलले बताए ।

बिरालो प्रजातिको मांसाहारी जीव हिउँ चितुवा नेपाल र चीनसहित विश्वका १२ वटा मुलुकहरूमा पाइन्छन् । विश्वमा पाइने हिउँ चितुवामध्ये नेपालमा १० प्रतिशत पाउने आनुमान छ । नेपालको करिब ३० हजार वर्गकिलोमिटर हिउँ चितुवाको बासस्थान अनुमान गरिएको छ । अनुमान गरिएकोमा ५८ प्रतिशत संरक्षित क्षेत्रभित्र पर्छन् ।

उक्त कार्यक्रममा बोल्दै निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कडेँलले नेपाल हिउँ चितुवा संरक्षणका लागि धेरै अघिदेखि काम गर्दै आएको उल्लेख गर्दै अन्तरदेशीय सहकार्यले अनुसन्धानमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास गरे । कार्यक्रममा ईसिमोडका डाइरेक्टर डा पेमा ग्याम्त्सोले आर्टिक क्षेत्रमा पाइने पोलार बियर जस्तै हिन्दु कुश हिमालय क्षेत्रको पहिचान नै हिउँ चितुवा रहेको बताए ।

सरकारले हिउँ चितुवालगायत अन्य जीवहरू संरक्षणका लागि स्थानीय साझेदारी अपरिहार्य हुने निष्कर्ष निकाल्दै समुदायसँग मिलेर संरक्षणका काम गर्दै आएको छ । नेपालले हालै हिउँ चितुवा संरक्षण कार्ययोजना २०२४–२०३० जारी गरेको छ । कार्ययोजनामा प्रजातिको संरक्षणका लागि गरिनुपर्ने कार्य, भावी रणनीति, कार्यनीति, क्षमता अभिवृद्धि बासस्थान सुधारलगायतका विषयहरू समावेश छन् ।
नेपालमा हिउँ चितुवाको बसोबास क्षेत्र, उसको बानी व्यवहार र संरक्षण रणनीतिबारे अझ गहन रुपमा अनुसन्धान गर्दै लगानी गर्नुपर्ने अवस्था रहेको मन्त्री शाहीको भनाइ थियो । हिउँ चितुवा संरक्षण सफल बनाउन र द्वन्द्व कम गराउन संरक्षमा स्थानीय समुदायहरूको सहभागिता सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM