Thursday, November 28, 2024
घरसमाचारराजनीतिमानव पर्खाल बनेर सीमा रक्षा गर्ने मधेशी समुदायको राष्ट्रियतामाथि शंका गर्नु दुःखद:...

मानव पर्खाल बनेर सीमा रक्षा गर्ने मधेशी समुदायको राष्ट्रियतामाथि शंका गर्नु दुःखद: अमेरिकी विधायक ह्यारी भण्डारी

काठमाण्डौ / संयुक्त राज्य अमेरिकाको मेरील्याण्ड राज्यसभा सदस्य (विधायक) डा. ह्यारी भण्डारीले मधेशलाई अधिकारसहित समृद्ध नबनाएसम्म नेपाल समृद्ध हुन नसक्ने बताउनु भएको छ ।

बल्टिमोरस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघका केन्द्रि सचिव दिपेन्द्र चौहानसँग भेटवार्ताको क्रममा विधायक भण्डारीले सो कुरा बताउनु भएको हो ।

विधायक भण्डारीले नेपालको स्थापनाकालदेखि नै मानव पर्खालको रुपमा रहेर सीमा रक्षा गर्दै आएका मधेशी समुदायको राष्ट्रियतामाथि पटक पटक प्रश्नचिन्ह उठाइनु बिडम्बनाको विषय भएको बताउनु भयो । नेपालमा भारतलाई गाली दिएर आफूलाई राष्ट्रवादी सावित गराउन खोज्ने प्रचलन बढ्दै गएकोमा उनले चिन्ता समेत व्यक्त गरे ।

उहाँले देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको विकासको नीतिका साथ अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । संघीयता सुदृढ र सुन्दर बनाउनका निम्ति शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगालेर अगाडी बढ्नु पर्ने समेत आवश्यकता रहेको उनको भनाई रहेको थियो ।

शरणार्थी प्रकरणको चर्चा गर्दै उनले यो गरिबीको कारणले जटिल समस्या उत्पन्न भएको भन्दै उनले यो प्रकरणमा निर्दोषलाई फसाउने र दोषीलाई उन्मुक्ति दिने काम गर्न नहुने धारणा राख्नु भयो ।

नेपाली मूलका अमेरिकीहरुकालागि विभिन्न कार्य गरी चर्चामा आएका उनले मूख्य रुपमा नेपालीहरूको महान चाड बडादशैंको विजया दशमी (टिका) का दिन सार्वजनिक विदा दिने गरी मेरिल्याण्ड राज्यको दुबै संसदबाट पारित गराएका थिए ।

सो अवसरमा बाल्टिमोरमा व्यवसाय गरेर बस्दै आउनु भएकी युवा उद्यमी, अन्जिता श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -