Friday, November 29, 2024
घरपत्रपत्रिकाप्रहरीको भ्यानमा बाख्रा बोकेको दृश्य खिच्ने पत्रकारमाथि कुटपिट

प्रहरीको भ्यानमा बाख्रा बोकेको दृश्य खिच्ने पत्रकारमाथि कुटपिट

इस्लामाबाद । पाकिस्तानमा प्रहरी अधिकारीहरुले गस्तीमा गएको मोबाइल भ्यानमा बाख्रा बोकिरहेको भिडियो खेचेपछि पत्रकारहरुमाथि नै कुटपिट भएको छ। उक्त भिडियो डिलिट गर्न लगाएर निजी न्यूज च्यानलका पत्रकारलाई प्रहरीले कुटपिट गरी मोबाइल र क्यामेरा खोसेको हो।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि वरिष्ठ अधिकारीहरूले प्रहरी मोबाइल र बर्दीमा तीन जना र सादा पोशाकमा दुई जनाको खोजी शुरु गरेका थिए ।

नजिकैको बाख्रा बजारमा पाँच जना प्रहरी मोबाइल भ्यानमा बसिरहेका थिए । यसै क्रममा त्यहाँ उपस्थित एक निजी न्यूज च्यानलका पत्रकार औरङ्गजेब जब्बारले मोबाइलमा बाख्रा लिएर गएको विषयमा सोध्दा प्रहरी आक्रोशित भए र उनीमाथि गालीगलौज गर्न थाले ।

उनीहरुले मोबाइलबाट भिडियो डिलिट गरी गम्भीर परिणाम भोग्ने धम्की दिएका थिए ।

मोबाइल भ्यानमा रहेका कर्मचारीले आफूलाई विशेष शाखाको कर्मचारीको रुपमा चिनाउने गरेका छन् ।

अर्कोतर्फ विशेष शाखाका अधिकारीहरू प्रहरी मोबाइल भ्यान विशेष शाखाको नरहेको र त्यसको जानकारी लिने काम भइरहेको बताइएको छ ।

घटनाको जानकारी अजिज भाटी प्रहरी चौकीमा गरिएको थियो । प्रहरीले घटनास्थलमा पुगेर त्यहाँ उपस्थित व्यक्तिको बयान लिइ बजारका बाख्रा व्यवसायीसँग पनि कुराकानी गरेको थियो ।

उनीहरुले आरोपको छानबिन भइरहेको बताए।

क्राइम रिपोर्टर्स एसोसिएसनले पत्रकारलाई प्रहरीले कुटपिट गरेकोमा निन्दा गर्दै उनीहरुलाई कडा कारबाही गर्न माग गरेको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -