Wednesday, November 27, 2024
घरसमाचारप्रहरी अधिकृत बढुवामा विभेद, किन ?

प्रहरी अधिकृत बढुवामा विभेद, किन ?

‘सत्य सेवा सुरक्षणम्’ मूख्य उद्देश्य राखेको नेपाल प्रहरीको वरिष्ठ प्रहरी अधिकृतको बढुवामामा भएको गम्भीर धाँधली र विभेदले लाजमर्दो स्थिति देखाएको छ ।

नेपाल सरकरा गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, बढुवा सिफारिश गर्दा पर्सा जिल्ला निवासी अनुराग द्विवेदीमाथि अति नै पूर्वाग्रह राखी पटक पटकको बढुवामा विभेद गरेको तथ्य प्रमाणबाट पुष्टि भएको छ । आफ्नै प्रहरी अधिकृतहरूमाथि अन्याय गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले सर्व साधारण जनतामाथि कस्तो व्यवहार गरिरहेको होला ? सहजै अनुमान गर्न सकिन्छ । नेपालमा विधिको शासन, सुशासन छैन भन्ने कुरा प्रहरी विभागको गतिविधिले प्रष्ट गर्दै आएको छ ।
प्रहरी निरीक्षकदेखि नायब महानिरीक्षक (डिआइजी)को लागि बढुवा हुँदासम्म पनि हालै बढुवा समितिले सिफारिश गर्दा बहालवाला एसएसपी द्विवेदीमाथि ठाडै अन्याय भएको बढुवा रेकर्डले नै स्पष्ट पारेको छ । वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको अन्यायमा परेका द्विवेदीमाथि पुनरावलोकन हुन सक्छ कि ? अन्याय नगर्नु, अन्याय नसहनु’ न्यायको सिद्धान्त हो । न्याय हरायो भने पहिलेको जस्तो उखान ‘गोरखा जानु’ भनेजस्तो अब नहोला । भ्रष्टाचार, अन्याय, विभेद, ज्यादति नै राज्यको पर्याय बन्दै गयो भने के होला ? भन्ने प्रश्न तेर्सिएको छ ।

अति सर्वत्र वर्जयेत भनिन्छ, कानुनी राज्यमा विधि, पद्धति, प्रकृयालाई विशेष प्राथमिकता दिइन्छ । डिआइजीमा निर्वाध रुपमा बढुवा हुनुपर्ने द्विवेदीमाथि जुन बाधा अड्चन तेर्सियो यसले विधिको शासन छैन भन्ने कुरालाई चुनौती दिएको देखियो ।
प्रहरी निरीक्षक पदबाट १ साउन २०६४ मा २ नं.मा प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सूचिमा नअटाउनुलाई शंकास्पद रुपमा हेरिएको छ । कतै मधेशी मूलका द्विवेदीमाथि जानीबुझिन विभेद गरिएको हो कि ? प्राविधिक त्रुटी भएको हो ? प्रहरी प्रधान कार्यालयले सुसुचित गर्न जरुरी देखिन्छ ।

प्रहरी नायब उपरीक्षकमा बढुवा हुँदा रोलक्रम २ नं.मा हुँदा पनि ८ फागुन २०७२ मा १७ जना प्रहरी उपरीक्षकमा बढुवा हुँदा द्विवेदीलाई छुटाइएको थियो । उनलाई छुटाउनुमा कुनै समस्या भएन तर उनीभन्दा रोलक्रममा तल रहेका प्रहरी अधिकृतहरू बढुवा हुनु भने आपत्तिजनक नै हो ।

त्यसपछि एस.एस.पी. बहुवा हुँदा पनि उही क्रम दोहरियो, १ पुस २०७७ मा एसपीबाट एसएसपीमा पहिलो लिष्टको बढुवामा दोस्रुो लिष्टका एसपीबाट पनि बढुवामा पर्दा रोलक्रम १ नम्बरमा हुँदा पनि उनी छुटे । जसले गर्दा मधेशी मूलका नागरिक भएकाले यस्तो व्यवहार प्रस्तुत भएको हो कि ? भन्ने प्रश्न तेर्सिन पुगेको छ । इमान्दार, योग्य, सक्षम अधिकृत हुँदा पनि पक्षपात र विभेद हुनुले शासन व्यवस्थाको असक्षमता देखिएको छ । मूल्यांकन परिपाटी विभेदपूर्ण हुँदै गएको अनुभूति हुन्छ ।
यस्तै २९ पुस २०७७ मा निकालिएको बढुवाको दोस्रो लिष्टमा पनि रोलक्रममा एक नम्बरमा हुँदाहुँदै उनीभन्दा रोलक्रम तल रहेका प्रहरी उपरीक्षकहरूको बढुवा भयो, त्यसमा पनि उनको नाम छुटाईयो । एकपटक हुनु अपवाद भए पनि पटक पटक उनको नाम छुट्नुलाई सामान्य रुपमा बुझ्न सकिंदैन ।

बिर्सन नहुने कुरा के छ भने २०५२ सालदेखि २०६३ सालसम्म असइबाट बढुवा भएर प्रहरी निरीक्षक बनेपनि खुला प्रतिस्पर्धाबाट मधेशी समुदायका कोही पनि प्रहरी निरीक्षक बनेका छैनन् । डिआइजी बढुवामा आफूहरूमाथि अन्याय भएको भन्दै एसएसपीद्वय चक्रबहादुर सिंह र अनुराग कुमार द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका छन् ।

२०८० जेष्ठ ४ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -