काठमाण्डौ/सामाजिक संजालमा आवद्ध रहेका विभिन्न बैंकहरुको Online Viber ग्रुप Account हरुको दुरुपयोग गरी SIM Duplication मार्फत पिडितहरुको बैंक तथा मोबाईल बैंकिङमा पहुँच पुर्याई cardless ATM मार्फत रकम निकाली ठगि गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर- ६ घर भई हाल भक्तपुर सुर्यविनायक-८ बस्ने वर्ष २३ को अनिल थापा रहेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनु भयो।
पक्राउ परेका थापामाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो।