२०८१ चैत्र २४ गते, आईतवार २२:४३

प्रेमचन्द्र झा/

राैतहट/नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति राैतहटको पाचाै जिल्ला अधिवेशन आईतबार गाैरमा सम्पन्न भएकोछ ।

सो अधिवेशनले रामरेखा चाैरसियाकाेअध्यक्षतामा संगठनको २५ सदस्यीय जिल्ला कार्य समिति सर्व सहमतिले चयन गरेका छन ।

सो कार्य समितिको उपाध्यक्ष श्याम राज सापकोटा र जयनारायण लाल कर्ण ,सचिव कैलास प्रसाद साह, कोषाध्यक्ष धर्मेन्द्र सहनी, सदस्य विक्रम दाहाल ,शैलेन्द्र श्रीवास्तव ,विकी बाबू जयसवाल, रामसेवक साह, जितेन्द्र कुशवाहा, दिपक खनाल, कवि बहादुर साह, शंकर दास, संजय कुमार साह सहित सर्व सहमतिले निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशाेक जयवालले एक कार्यक्रम बिच अधिवेशनकाे उदघाटन गर्नु भयाे ।नेपाल राष्ट्रिय कर्मचारी संगठन महासंधका केन्द्रीय सदस्य विनोद जयसवाल प्रदेश अध्यक्ष छठु चाैधरी ईन्चार्य नागेन्द्र कुशवाहा, नेपाल कर्मचारी संगठन निजामती का मधेस प्रदेश अध्यक्ष विनाेद चाेेैधरी, नेपाल कर्मचारी संगठन निजामती धनुषाका अध्यक्ष मुनेश्वर यादव सहितका अतिथिकाे उपस्थिति रहयाे ।

नेपाल कर्मचारी संगठन निजामती राैतहटका अध्यक्ष उमेश झाकाे अध्यक्षतामा उदघाटन सम्पन्न भएको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा