वीरगंज/सशस्त्र प्रहरीले बाराबाट दुई किलो युरेनियमसहित तीन जनालाई पक्राउ गरेकाे छ।
शनिबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नंं. १२ गण हेड क्वाटर बारा मातहत सुरक्षा वेश जितपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो।
बाराको जितपुरसिमरा उपमहानगरपालिका- ७ जितपुर स्थित आदित्य होटलको कोठा नं. ४ बाट जितपुरसिमरा ५ बस्ने २९ वर्षीय रबि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका २ बस्ने २२ वर्षीय बृज सहनीलाई दुई किलोग्राम युरेनियम सहित पक्राउ गरि थप कारवाही र अनुसन्धानकालागि नेपाल प्रहरीलाई बुझाउने तयारी भैरहेको डिआईजी मगरले बताए।