वीरगंज/सेकेण्ड फेलोशीप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले हाथ पारेको छ । वीरगंज स्थित ज्ञानदा एकडेमीमा आज आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउँदै महासंघ बिजयी भएको हो ।
६ ओभरको खेलमा रोटरी क्लबले ६२ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ्गमा उत्रेको महासंघले ३ बल अगाडि नै १ बिकेटको क्षतिमा सो लक्ष्य भेटाएको थियो ।
प्रतियोगितामा सफल खतिवडा, सदाम हुसेन र अरबिन्द पटेलले आक्रमक ब्याटिङ्ग गरेका थिए । महासंघका कप्तान भुषण यादवले चौका प्रहार गर्दैैै खेल जिताएका थिए । यादवको कप्तानीमा खेलिएको प्रतियोगितामा आरोहण साह, राम मेहता, बिनय कुशवाहा, कृष्णा कुशवाहा, आनन्द पटेल, तिवारी यादवले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
बैंकर एशोसियनलाई पराजित गर्दै सुखद सुरुवात गरेको महासंघले सेमिफाईनलमा वीरगंज उद्योग वाणिज्य संघलाई पराजित गरि फाईनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिता अन्तर्गत खेलिएको तिन वटै खेलको म्यान अफदि म्याच र म्यान अफ दिन सिरिजको उपाधि सदाम हुसेनले पाएका थिए । बलिङ्ग तर्फ महासंघका सदाम हुसेनले ह्याट्रीक लिदै प्रतियोगितामा कुल ६ बिकेट लिदै ३२ रन बनाएका थिए । त्यस्तै प्रतियोगितामा सफल खतिवडाले २ तथा अरबिन्द पटेल र बिनय कुशवाहाले एक एक बिकेट हात पारेका थिए ।
प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सहसचिव जितेन्द्र साह, कोषाध्यक्ष संजिव मिश्रा, बरिष्ठ पत्रकार तुलसी भण्डारी प्रेस चौतारी पर्साको कोषाध्यक्ष राकेश साह लगायतको उपस्थिति थियो । एनवाईईफ र वीरगंज बैंकर्सको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।