Tuesday, November 26, 2024
घरनिर्वाचनकमलपोखरी मास्ने व्यक्ति रवीकाे पार्टीबाट उम्मेदवार बनेपछि !

कमलपोखरी मास्ने व्यक्ति रवीकाे पार्टीबाट उम्मेदवार बनेपछि !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने सबैभन्दा बढी सुशासनका कुरा गर्छन् । कतिपय चुनावी सभामा उनले २४ घण्टा भित्र नेपालका सबै समस्या समाधान गर्ने भ्रम समेत छरिरहेका छन् । तर, मुलुकको सबैभन्दा स्वच्छ र सुशासित पार्टी भएको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर व्यापारीक कम्प्लेक्स बनाउने एक विवादास्पद व्यापारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका सुमन पाण्डे कमलपोखरी हडपेर बनाइएको छायाँसेन्टरका मालिक हुन् । कमलपोखरी हडप्ने ४३ भूमाफियाको सुचीमा उनी पहिलो नम्बरमा पर्छन् । उनै पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यको टिकट दिएर विवादास्पद काम गरेको आरोप छ । उनलाई जिताउन पार्टी सभापति रवि लामिछानेले अपिल समेत गरेका छन् । पाण्डेले नुवाकोटको गाउँगाउँमा रवि लामिछानेको तस्विर पोस्टरमा राखेर आफूलाई जिताउन अपिल गर्दै आएका छन् ।

हाल ईन्भेष्टमेन्ट बैंकका अध्यक्ष समेत रहेका पृथ्वी बहादुर पाण्डे, अर्वपति व्यापारी सुहृद घिमिरे र सुमन पाण्डेसहितको मिलेमतोमा नेपाल सरकारको स्वामित्वमा रहेको १२ रोपनी १३ आना सरकारी जग्गा सेटिङमा हत्याइएको थियो । अहिलेको चल्तिको भाउ अनुसार २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी मुल्य पर्ने उक्त जग्गा उनीहरुले सेटिङमा हत्याएका थिए ।

ईन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाण्डेको आमा छायाँ देवि पाण्डेको नाममा उनीहरुले छायाँ सेन्टर निर्माण गरेका थिए । उनको नाममा ७ करोड ७८द लाख ३४ हजार ६ सय शेयर पुँजी रहेको छ । उनकी श्रीमती प्रतिमा पाण्डेको नाममा १ करोड २२ लाख ४४ हजार ४ सय लगानी छ । उनको छोरा सिवान्तको नाममा १९ लाख ७२ हजार बराबरको शेयर उक्त भवनमा रहेको छ । सो भवनको उनी मार्केटिङ डाइरेक्टरको रुपमा रहेका छन् ।

पाण्डेको स्वामित्वमा फिस्टेल एयर समेत सञ्चालनमा छ । उनको स्वामित्वको एयरलाइन्समाथि फेक रेस्क्युको आरोपमा सरकारले छानबीन समेत गरेको थियो । तर, शक्ति केन्द्रको आडमा उनको हेलिकोप्टर कम्पनिले उन्मुक्ति पाएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -