Tuesday, November 26, 2024
घरक्राइम चेकफोटो र यथार्थ फरक: सामाजिक संजालमा तीब्र प्रतिक्रिया

फोटो र यथार्थ फरक: सामाजिक संजालमा तीब्र प्रतिक्रिया

वीरगंज/ नेकपा एमालेका वीरगंज महानगरपालिकाको नगर कमिटीको उपाध्यक्ष महेश दासले आफ्नो अनुहार पुस्तिकामा नेकपा एमालेका श्रद्धेय नेता कमरेड केपी शर्मा ओलीसँगै पूर्वमन्त्री प्रदीप यादव र्र वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहसँगै फोटो पोस्ट गर्नु भएको छ।

सो फोटो सहितको पोस्टमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। सो फोटोमा विभिन्न किसिमका सकारात्मक-नाकारात्मक प्रतिक्रिया आएका छन्। पत्रकार अनिल तिवारीले “गज्जब” लेखेका छन्। शैलेन्द्र चौरसियाले “डिबिया गुल बा भनि लेखेका छन भने जेसीका रावलले “एमाले पार्टीलाई खुल्ला मंचमा गाली गर्ने नेताले किन जानु पर्यो के पी बालाई खुट्टा ढोग्न” भनि प्रतिक्रिया लेख्नु भएको छ ।

त्यसैगरी चंदन मिश्रले स्यालूट मार दाई भनेर व्यँग्य गरेका छन्। यस कुमार त्रिपाठीले “केतनो करब चतुराई, कर्म के लिखल खैर नजाई, दिया दोसरा से तेल लेके ना जरेला” भनि लेखेका छन्।

त्यस्तै नरेश जायसवालले अनुप तिवारीको शब्द कपि गर्दै “पर्साको ८ वटा प्रदेशसभा मध्ये एमाले र जसपा ४ -४ ठाउमा लडेको छ । एमालेको उम्मेदवार भएको सबै ठाउमा जसपाको बागी,एउटामा मात्र एमालेको बागी हुँदा हालत हराब” भनेर लेखेका छन्।

त्यसमा प्रदीप गुप्ताले “यो २०६२-२०७४को जनता होइन ? अहिले हरेकको घरमा २-४ जना पढेलेखेका बेक्तीहरु छ्न् ! कसैले भनेर कोहि मतदान भोट दिने छैनन्, कार्यकर्ताले त मतदान दिँदैन भन्ने जनताको कुरा परै जावोश! के – के हेर्न देख्न पाई राखेको छु सधैं खुला मंचमा नेकपा एमालेलाई कोस्ने, गाली गर्ने नेता किन जान्नु परियो केपि ओलि क.को ढोकामा ? मङ्सिर ४ गतेको निर्वाचनमा सम्पूर्ण जनताले आफ्नो रिजल्ट सुनाउने छ्न!”-लेखेका छन्।

त्यसैगरी श्रीराम प्रसादले “अब प्रमाणित हाे गईल कि नेपालके नेता अवसरवादी, ईमानखाेर, गद्दार, बेशर्म, बेलज बा लाेग । वाह रे नेता जी लाेग मने कुछाे करदि ।छि!”लेखेका छन्। त्यस्तै राकेश तिवारीले “ईहे ह लोग जे मधेश आन्दोलन के समय पानी पी पी के केपी ओली के गरियवे लोग, आज शरण में पुगाल बा लोग चरण स्पर्श करें, हाय रे तिरिया चरित्र”लेखेका छन्। भने अजीज अंसारीले चाकड़ी करे पुग गइलबा लोग भनेर लेखेका छन्।

त्यसैगरी केहि व्यक्तिले गुड़ लक, गुड़, भोट कन्फर्मड भनेर समेत प्रतिक्रिया लेखेका छन्।

प्रतिक्रियाहरू

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -