– प्रेमचन्द्र झा
राैतहट। गाैर नगरपालिकाको सरसफाइमा फितलो रहेको पाईएकोछ । गाैर नगरपालिका अगाडिकाे नालाबने देखि जाम नै रहेका कारण गौर नगरपालिकाको गैर जिम्मेवारीपन सार्वजनिक भएको हो ।
पानी जम्ने लगायतका कारणले डेगीं राेग हुने लामखुट्टेको प्रज्जन हुने कुराको प्रचारप्रसार गर्ने गाैर नगरपालिका अगाडी देखि प्रभात चाैकसम्मको करिब ५ सय मिटर लामो नाला महिनाै दिन देखि जाम छ। डेगीं राेग विरुद्ध औषधि छर्किने जस्तो एक पछि अर्काे सराहनीय काम गरेर जनताकाे वाहवाही लिईरहेका गाैर नगरपालिकाको यस प्रति ध्यान किन नगएको होला ? प्रश्न अनुत्तरित छ। यस प्रति विकास प्रेमी नगर प्रमुख शम्भु साहको ध्यानाकर्षण गराई दिन स्थानियले माग गरेका छन ।
विजया दशमी, शुभदिपावली तथा छठजस्ता महापर्व पनि फोहर पानीमा आवत जावत गरि मनाएका छन् । नवनिर्वाचित जनप्रतिनिधि चार्ड पर्वको रमझममा जनताको समस्या प्रति हालसम्म उदासिन रहेको भएपनि वहांहरु कै खटनपटनमा मात्र संचालन हुने सर सफाई कर्मचारीबाट यी समस्या समाधान हुन्छ भन्ने स्थानियको आशा अझै मरेको छैन ।