– शेरबहादुर शाह
कुकुरको रौं कुन चाहिँ टुप्पी ? कुन चाहिँ छुसी ? भन्ने त उखान नै छ, कुकुरको रौं चाहिएको मानिसले छातीको रौंलाई पुच्छरको रौंभन्दा बढी उपयोगी मान्न सक्ला ?
कुनै नेता र पार्टीले म बढी योग्य र असल छु भन्ने दाबी गर्न कानिम्ति कमसेकम नीति, योजना र आचरणको भिन्नता त जनतालाई देखाउन सक्नु पर्यो नि!
आगामी मंसिरको चुनावमा एमालेलाई कुचोले झैं बढार्नेछौँ भनेर गगन माने आकाश,आकाश माने हावा कुमार थापाजीले दाबी गरेछ्न्, बढार्ने त हचुवा बोलीले होइन मुद्दा र प्रश्नले मात्र बढार्न सक्ने हो, एमालेलाई बढार्न कानिम्ति काँग्रेससँग कम्तीमा आफुलाई अन्यभन्दा योग्य, असल र राष्ट्रकाे शुभचिन्तक साबित गर्न सक्ने कुनै उदाहरणीय मुद्दा त हुनुपर्यो नि!
अन्य भन्दा उत्कृष्ट साबित गर्ने यस्तो मुद्दा र कामको उदाहरण कांग्रेस, एमाले र माओवादी कसैसँग पनि छैन। एमसिसी, एसपिपी र नागरिकता विधेयक सबैको साझा योजना र साझा निर्णय बनिसकेको हुनाले यसका आधारमा पनि कुनै नेता र पार्टी उत्कृष्ट र श्रेष्ठ साबित हुन सक्ने अवस्था छैन, नेपाली जनताले यिनै नेता र पार्टीलाई केका निम्ति दोहर्याएर जिताउने ? भन्ने प्रश्न कै पनि जवाफ छैन कसैसँग।
बाख्रापालनको ऋण एक पटक फेरि लिन सकोस भनेर मात्र जनताले आकाश कुमार थापालाई सांसद बनाइदेलान् त ?
(शाहको फेसबुक वालबाट साभार)