Thursday, November 28, 2024
घरक्राइम चेककाँग्रेस पर्सामा प्रतिनिधि/प्रदेश सभा सदस्यहरूको नाम सिफारिश, को को परे? (नाम सहित)

काँग्रेस पर्सामा प्रतिनिधि/प्रदेश सभा सदस्यहरूको नाम सिफारिश, को को परे? (नाम सहित)

वीरगंज, १५ भदौ ।
आगामी मंसिर ४ गते हुन लगेको प्रतिनिधि/प्रदेश सभा सदस्यहरूको नाम सिफारिश गर्ने क्रम बढेसँगै पर्साको क्षेत्र नम्बर २ बाट पनि नेपाली काँग्रेसले पर्साको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको नाम सिफारिस गरेको छ ।

बुधवार पर्साको क्षेत्र नम्बर २ को प्रदेशसभा क को छुट्टा छुट्टै बसेको बैठकले प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष उम्मेदवारमा पूर्व जिल्ला सभापति समेत रहेका अमात्यको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ कोइलाभारमा बसेको प्रदेशसभा क को क्षेत्रीय समिति बैठकले निर्वाचन क्षेत्र २ को क मा प्रदेशसभा सदस्य प्रत्यक्षमा वर्तमान प्रदेशसभा सदस्य राजेश्वर साह तेलीको नाम सिफारिस गरेको छ । यसैगरि उक्त प्रदेशसभा क्षेत्रमा सामानुपातिकतर्फ विजय कर्ण कामेश्वर मिश्रा, वीर बहादुर यादव, भरत प्रसाद तेली, रिमा देवी यादव, मीरा देवी, अर्चना चौधरी र गोकर्ण मैनालीको नाम सिफारिस गरेको छ ।

यता वीरगंज महानगरपालिका वडा नम्बर ६ माइस्थान अतिथी सदनमा बसेको क्षेत्र नम्बर २ को ख को बैठकले प्रतिनिधीसभा सदस्यमा समानुपातिक तर्फ डा. सुषमा तिवारी, कन्हैयालाल केशरी, शम्भु चौहान र रूपा देवी गुप्ता गरि ४ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ।

उक्त बैठकले प्रदेशसभा सदस्यमा प्रत्यक्ष तर्फ ओम प्रकाश गर्मा श्याम पटेल भोला प्रसाद कलवार, रामरुप कुर्मी दिना गुप्ता नरेन्द्र साह र राजनाथ ठाकुरको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभा सदस्यमै समानुपातिक तर्फ मणिन्द्रलाल श्रेष्ठ, सन्जय चर्तुवेदी, विवेक शर्मा, गोपाल कुर्मी महम्मद सतार मन्सुरी, विजय उपाध्याय ध्रुव नेपाल बैकुण्ठ श्रीवास्तव, दिलिप शर्मा बराल, दिपेन्द्र कुर्मी प्रदीप कुशवाहा विद्या श्रेष्ठ, प्रियंका केशरी, रूपा श्रेष्ठ, शिवनारायण साह र सुखा हजरा पासवानको नाम सिफारिस गरेको कांग्रेसको प्रदेश सभा क्षेत्रका प्रवक्ता सन्जय चर्तुवेदीले जानकारी दिए।

प्रदेशसभा क्षेत्रीय कार्य समितिले प्रतिनिधीसभा क्षेत्रीय कार्य समितिमा उम्मेदवाहरुको नाम सिफारिस गरेको चर्तुवेदीले बताए।

नेपाली कांग्रेस पर्सा निकै सूझबूझका साथ उपयुक्त उम्मेदवारहरूको नाम सिफारिश गरेकोमा २ नम्बर क्षेत्रका आम नगरवासीहरूले शुभेच्छा प्रकट गरेका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -