चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १६ वैशाख/ स्थानीय तह निर्वाचन-२०७९ अन्तर्गत वीरगंज महानगर वड़ा नं.८ बाट उम्मेदवारी दिएका रितेश गुप्तालाई समर्थन गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ ।
सोही क्रममा उक्त वड़ामा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)कोतर्फबाट वड़ाध्यक्ष पदमा उम्मेदवारी दिएका उमेश ठाकुरले रितेश कुमार गुप्ता (मुन्ना)नै उपयुक्त र दक्ष व्यक्ति रहेको भन्दै समर्थन गर्ने घोषणा गर्दै अफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
ठाकुरसँगै सो पार्टीबाट सदस्य पदमा उम्मेदवारी दिएका असिन हवारी, अशोक ठाकुर, शान्ता महर्जन, जयमति देवीले पनि वडा नं. ८ को वडाध्यक्षमा रितेश गुप्तालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै नेपाली काँग्रेसकी सदस्य सीमा देवी रामले पनि रितेश गुप्ता (मुन्ना)लाई वड़ाध्यक्षलाई समर्थन गर्ने घोषणा गर्नु भएको छ ।
वर्षौंदेखि नेपाली काँग्रेसबाट राजनीति गरि स्थानीय स्तरमा लोकप्रियता हासिल गरेका गुप्तालाई काँग्रेसले टिकट नदिएपछि उनी जनता समाजवादी पार्टीबाट टिकट पाएर वड़ाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।
जुनसुकै पार्टीमा भएपनि सबै पार्टी र स्थानीय सर्वसाधारणको मनमा अत्यन्त शिष्ट, शालीन, भद्र र लोकप्रिय व्यक्तित्वको रुपमा परिचित गुप्ता वड़ा नं.८ का साझा उम्मेदवारको रुपमा देखिएका छन् ।