Friday, November 29, 2024
घरक्राइम चेकदुई महिलालाई भारतमा बेच्ने व्यक्ति ३२ वर्षपछि पक्राउ

दुई महिलालाई भारतमा बेच्ने व्यक्ति ३२ वर्षपछि पक्राउ

चन्द्रसूर्य समाचारदाता/
बारा, ७ वैशाख/

भारतमा लगेर दुई जना महिलालाई बिक्री गरेको आरोपमा अदालतबाट सजाय पाएर फरार भएका प्रतिवादीलाई पर्सा प्रहरीले बुधबार ३२ वर्षपछि पक्राउ गरेको छ।
प्रहरीले सजाय पाएर फरार रहँदै आएका प्रतिवादी पर्साको ठोरी गाविस–९ घर हाल उदयपुरको कटारी नगरपालिका–३ बस्ने ५७ वर्षीय विष्णुबहादुर थापालाई पक्राउ गरेको हो।
पक्राउ परेका थापाले २०४६ भदौ १८ गते २ जना महिलालाई भारत, मुम्बईको कोठीमा लगी बिक्री गरेका थिए। सोही व्यहोराको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनीविरुद्ध जिउ मास्ने बेच्ने मुद्दा दर्ता गरी अदालतमा पठाएको थियो।
पर्सा जिल्ला अदालतले सो मुद्दामा ०६१ साल चैत १४ गते कसुरदार ठहर गर्दै थापालाई १० वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो। हालसम्म फरार रहँदै आएका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले उदयपुर कटारी नगरपालिका–३ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइने खनालले बताए।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -