चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २४ चैत्र ।
जनता समाजवादी पार्टीबाट राजेश मान सिंहले वीरगंज महानगरको मेयर पदमा चुनाव लड़ने दाबी गर्दै चुनावी प्रचारमा लागि रहकै समयमा पर्सेली राजनीतिमा नयाँ ट्वीस्ट थपिएको छ ।
वीरगंज महानगरको मेयर पदमा जसपा पार्टी पर्साका अध्यक्ष राम नरेश यादव लड्ने भएका छन् ।
हाम्रो पार्टीले जितेको ठाउँमा हामीले पाउनु पर्ने हाम्रो अडान छ र यदि गठबन्धनमा हामी जसपाले पायो भने आफू निर्विकल्प उम्मेदवार भएको राम नरेश यादवले बताएको भनेर अंकुशले खबर प्रकाशन गरेको छ ।