चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ११ माघ ।
पर्सा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ
१५ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगंज महानगरपालिका-२३ सबैठवा बस्ने २० वर्षीय युवक भनु यादव भनिने मुन्ना यादवलाई पक्राउ गरेको हो।
पक्राउ परेका यादवले पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबरजस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक गत माघ ५ गते राती उनले पीडित बालिकालाई वीरगंज-१५ भिस्वा स्थित साथीको डेरामा लगी पुनःकरणी गरेको भनि बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएपछि यादवलाई उनकै घरबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।