चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २२ पौष/ सशस्त्र प्रहरीले श्रोत नुखलेको ३७ लाख ३५ हजार रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपाल तर्फ आउन आउँदै गरेका धनुषा लक्ष्मीनिया-१ सिंगरजोड़ा बस्ने २३ वर्षीय अमित कुमार यादव को साथबाट उक्त परिणामको नगद सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक मगरले दिनु भएको जानकारी अनुसार बिहीबार नगराईन न.पा.-२स्थित जटै चोकमा बीओपी नगराईन र बाहिनीको स्क्वाट टोलीले भारतबाट नेपाल आउँदै गरेको प्रदेश ०२-०२-००१प०४८८ नं.को मो.सा.मा आउदै गरेको ऐ. जिल्ला लक्ष्मिनिया गा.पा.१ सिगंरजोडा बस्ने बर्ष २३ को अमित कुमार यादवले सशस्त्र प्रहरीको टोलीलाई देखेर शंकास्पद गतिविधि गरेपछि निजको मोटरसाइकल खान तलासी गर्दा मो.सा.को डिक्कि र टंकीमा लुकाई राखेको श्रोत नखुलेको नेपाली रु.३७ लाख ३५ हजार बराबरको नगद फेला परेको थियो ।
यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिई थप कारवाही प्रक्रिया अगाड़ी बढाउने तयारी भैरहेको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयले जनाएको छ ।