भनिन्छ बिदेशी भूमीमा बसे पछि आफ्नो मातृभूमीको महत् र माया थाँहा हुन्छ । यो भनाई अहिलेको कोरोना कालमा प्रमाणित भयो। जब आफ्नो मातृभूमीमा र आफ्नो देशबासीहरले दुःख पाए, बिदेशमा आफ्नो परिवार, आफन्तजन र साथिभाईहरु संग टाढा बसेर रातदिन एक गरि रगत पसिना बगाई कमाएको आफ्नो कमाई, आफ्नो मातृभूमी र आफ्ना प्यारा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कोरोनाको लकडाउनमा परि खाना सम्म खान नसक्ने अवस्थामा देख्दा आफ्नो ऋृण सम्म बिर्सेर बिदेशबाट सहयोग गरि लकडाउनको मारमा परेका खाली पेटहरु भरिदिए ।
यस्तो नेपालीहरु धेरै छन् र त्यो मध्य म आज पुरानो बानेश्वर, भिमसेनगोला निबासी र हाल अमेरिकामा बस्नुहुदै आउनु भएका श्री सरोज पाण्डेज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । उहाँले एक,दुई होईन धेरै चोटि हामीलाई सहयोग गरि हामीले चलाएको No Hunger लाई बलदिनु भयो । हामीले सुकुम्बासी बच्चालाई खाना र शिक्षा दिन होस या कान्तिबाल अस्पतालमा गाउँ गाउँबाट आफ्नो बच्चाको उपचार गराउन आएका आमा,बुवाहरुलाई लगभग ११ महिना सम्म रातको एक छाक खाना खुवाउदा किन नहोस् हाम्रो प्रिय सरोज पाण्डे दाईले निरन्तर सहयो गरिराख्नु भएको छ । यति मात्र नभई पढ्ने इक्षा भएका तर कत्तिको आमा-बुबा नभएर पढ्न नपाएका भने कत्तिको आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका बालबालिकालाई पढाउन र चेपाङहरुजस्ता पिछडिएको जातिलाई शिक्षा, स्वास्थ र बसोबासको कार्यमा समेत सहयो गर्नु भएको छ । अझ यतिले मात्र कहाँ पुग्छ र उहाँले आफ्नो छरछिमेकमा कसैलाई आपत-बिपत पर्दा समेत सहयोग गर्नु भएको छ।
यस्ता महान पुरुष श्री सरोज पाण्डेज्यूलाई नेपाल आमाको माटो बचाँउ अभियान, बाहदुर शाह स्मृति प्रतिष्ठान, नेपाली युवाको आवाज लगाएत हामी सामाजिक अभियान्ताहरुको तर्फबाट धेरै धन्यवाद दिदै आगामी दिनहरुमा पनि सरोज पाण्डे दाईको साथ र सहयोग यसरी नै कायम रहने छ भन्दै उहालाई सर-सम्मान सहित यहाँ प्रति कृतज्ञता जनाउदछौ ।