Thursday, November 28, 2024
घरक्राइम चेकपत्रकार मञ्चद्वारा पत्रकार महासंघ भक्तपुर शाखासहितका संघसंस्थालाई स्वास्थ्य सामाग्री प्रदान

पत्रकार मञ्चद्वारा पत्रकार महासंघ भक्तपुर शाखासहितका संघसंस्थालाई स्वास्थ्य सामाग्री प्रदान

असार १८
काठमाडौँ। नेपाल पत्रकार मञ्चले पत्रकारहरु संघसंस्थाहरुलाई कोविड १९ को संक्रमणका बेला प्रयोग हुने स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । यसै क्रममा आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर र दक्षिण एशियाली खेलकुल पत्रकार संघलाई र हिजो कार्टुनिष्ट क्लवलाई पीपीई, मास्क, सेनिटाइजरलगायतका सामान प्रदान गरेको हो ।
यस्तै पत्रकारहरुलाई व्यक्तिगत रुपमा पनि यसप्रकार सामाग्री वितरण भइरहेको छ ।

सामग्री प्राप्त गरिसकेपछि प्रतिक्रिया दिँर्द भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापतिले मञ्चले प्रदान गरेका सामग्रीले शाखाले सदस्यप्रति पूरा गर्नुपर्ने जिम्मेवारीमा सघाएको बताए । त्यस्तै खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले मञ्चले गरेको संस्थागत साझेदारिताबाट आफूहरु लाभान्वित भएको बताए ।

महामारीका समयमा पत्रकारहरुमा पर्ने आर्थिक, सामाजिक तथा भौतिक समस्या व्यवस्थापनमा साथ दिन प्रयास गरेको मञ्चका अध्यक्ष युवराज विद्रोहीको भनाइ छ ।

पत्रकारहरुको भौतिक सुरक्षाको पक्षमा केही न केही काम हुन थालेका छन् । तर, उनीहरुको पेशागत र सामाजिक सुरक्षाका विषयमा धेरै काम गर्न बाँकी देखिन्छ । मञ्चका उपाध्यक्ष एवं कोविड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराईले योजना सुनाउँदै एशोसियट सदस्य संस्थाहरुकाविचमा साझेदारिता बढाउँदै गएको बताए ।

भक्तपुर शाखालाई सामाग्री वितरण गर्दा मञ्चका महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यसहित पदाधिकारी थिए । त्यस्तै नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका पूर्व अध्यक्षहरु रमेश खड्का, अमर भुजु, विकल श्रेष्ठ, सचिव संजीप घिमिरे, कार्टुनिष्ट क्लवका अध्यक्ष बासु क्षितिज, सदस्यहरु देवेन्द्र थुम्केली, रवि मिश्रसहित पदाधिकारी हुनुहुन्थ्यो । त्यस्तै दक्षिण एशियाली खेलकुद संघका महासचिव राधेश्याम दाहालसहितका पदाधिकारी हुनुहुन्थ्यो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -