रौशन चौधरी, २० पौष, रौतहट।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना,परियोजना कार्यान्यन एकाई रौतहटको प्रमुख को रूपमा दीपेन्द्र मनोहर चौधरीले जीमेवारी पाउनु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना,परियोजना व्यस्थापन इकाई कार्यालयको निर्णय अनुसार रौतहटको शाखाको रूपमा दीपेन्द्र मनोहर चौधरी ले पद भार समाल्नु भएको छ ।१८ वर्ष जागिर अनुभव भएको र ८ वर्ष शिक्षा प्राविधिक तथा प्राविधिक तालिम परिषद (सिटिभिटी) मा आठ वर्ष कार्यक्रम संयोजक (कृषि)रूपमा काम समेत गरिसकेकाहुन।त्यस्तै जिला कृषि विकास कार्यालय सुर्खेत मा १ वर्ष र एसियाली विकास बैंक मझौला कृषक आयस्तर वृद्धि आयोजना मा ८ वर्ष,राष्ट्रिय किशान आयोगमा १ वर्ष काम गरी विगत ५ महिना देखि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ,परियोजना कार्यान्वन इकाई रौतहट शाखा गरुडामा नी.प्रमुख बरिष्ठ कृषि अधिकृत को रूपमा जिमेवारी पाउनु भएको छ । जस अन्तर्गत तरकारी जोन तथा धान बीउ जोन रहेको छ । सो कार्यक्रममा जोन का लेख पाल उमेश साह ,सुभास प्र.साह ,शत्रुधन महतो,सन्तोष दास, अजय कुमार सोनार ,प्रमसिला जायसवाल ,सरोज ठाकुर दसरथ साह लगायत कर्मचारी हरुको उपस्थितिमा कार्यालय प्रमुख जीमेवरी हस्तनान्तरण गरिएको छ ।