२०८२ बैशाख ५ गते, शुक्रबार २०:०५

कसैले मलाई बुंदागत रुपमा कन्भेन्स गरिदिनुहोला, म आजैदेखि पंचायती व्यवस्था र राजतन्त्रात्मक शासन व्यवस्था मुर्दावाद र बहुदलीय गणतान्त्रिक व्यवस्था जिन्दावाद भन्न थाल्नेछु ।
********************************************

# पंचायतको निरंकुशतामा राष्ट्रिय अखण्डता विरुद्ध बोल्न पाइन्नथ्यो, तर गणतन्त्रमा नेता विरुद्ध बोल्न पाइन्न ।

# पंचायतको निरंकुशतामा अनुशान थियो तर गणतन्त्रमा स्वतन्त्रताको नाममा छाडापन छ ।

# निरंकुश पंचायतमा देशको सीमामा विदेशीलाई टेक्ने तथा आन्तरिक मामिलामा विदेशीले हस्तक्षेप गर्न पाउँथेनन् तर अचेल गणतन्त्रमा नेपाली आमाको छातीमा विदेशी सेनाको बुट बजारिन्छ र हरेक आन्तरिक मामिलामा विदेशीको हुकुम चल्छ ।

# पंचायतको निरंकुशतामा राष्ट्रिय एकता सार्वभौमिकता विरुद्ध काम गर्ने जोकोही दण्डित हुनु पर्ने व्यवस्था थियो भने गणतन्त्रमा जति उद्ण्डताको प्रदर्शन गर्न सकियो उति नै पुरस्कृत हुने रहेछ ।

# निरंकुश पंचायतमा राजा महेन्द्रले किसानहरुकोलागि गाउँमै बिउविजन, खाद मल, जेटिए लगायतको व्यवस्था गरी किसानकोलागि जमीन र पसिनाको उचित मूल्य दिने संयन्त्र निर्माण गरेका थिए भने गणतन्त्रमा ५६ लाखमा २६ वटा काउली फलाइँन्छ, किसानलाई मर्नु न बाँच्नु बनाइन्छ ।

# निरंकुश पंचायतमा राजा महेन्द्रले देशैभरी उद्योग धन्दा स्थापना गरेर आफ्नो गाउँ आ‍फैं बनाउँ भन्दै गाउँ फर्क अभियान ल्याएका थिए भने गणतन्त्रमा उद्योगधन्दा कल कारखाना बन्द गरेर दक्ष र शिक्षित युवा जनशक्तिलाई विदेश पठाउन वैदेशिक रोजगार विभाग खोलियो र बाकसमा फर्क अभियान जारी छ ।

म कसरी भनूं निरंकुश पंचायत देश र जनता विरोधी तथा दलीय व्यवस्थाको गणतन्त्र जनताका हितैषी र उदार व्यवस्था ?

– सन्तोष मिश्र
वीरगंज, हाल काठमाण्डौ ।

(मिश्रको फेसबुकवालबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्