चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ डेस्क । जन्मदिनमा केक काट्ने, आफ्नो हैसियत अनुसारका घर, होटेल, रेस्टुरेन्ट लगायतमा पार्टी गर्ने, भोजभतेर गर्ने शैली र परम्परा बढ्दै गइरहेकै परिवेशमा हुर्के बढेकी एक चेलीले आफ्नो जनदिनमा परोपकारी काम गरेर उदाहरण प्रस्तुत गरेकी छिन् ।
झापाको दमक घर भई हाल वैदेशिक रोजगारीको लागि कतारमा रहनु भएकी शर्मिला धिमालले आफ्नो जन्मदिनमा दृष्टिविहीन स्कूले बालबालिकालाई खाद्यान्न एवं शैक्षिक सामग्री प्रदान गर्नु भएको हो ।
प्राप्त जानकारीअनुसार धिमालले दमकमा रहेको सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको हो ।
बिद्यालयमा रहेका २० जना विद्यार्थीलाई चामल, दाल, तरकारीका साथै सहित शैक्षिक सामाग्री प्रदान गरेर मानवीय भावना प्रस्तुत गर्नु भएको हो ।
धिमालका अनुसार केक काट्ने, अनावश्यक भोज भतेर गर्ने र फजुल खर्च गरि विलासिताको प्रदर्शन गर्नुभन्दा आवश्यक परेकाहरुलाई सहयोग गर्दा आफूलाई सन्तुष्टि हुने हुँदा आफ्नो कमाईको केही रकमबाट विद्यार्थीहरुलाई सहयोग गरेको बताइन् ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समिन रिजालको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको थियो ।