२०८२ बैशाख ५ गते, शुक्रबार ०७:१९

बीरगंज १२ भदौ । मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज घुसको सहित रंगेहात पक्राउ गरेको समाचार छ ।

जग्गा नामसारी र लालपूर्जा दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु.१ लाख २० हजार रुपैया घुस लिई सकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेका छन ।

आयोगको बुटवल स्थित कार्यालयको टोलीले मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल पाण्डे लेखापढी सेवाको कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जनाए ।

प्रतिक्रिया लेख्नुहोस्