Wednesday, January 15, 2025
घरसमाचारगणतन्त्र ढल्ने संकेत: अध्यक्ष बस्नेत

गणतन्त्र ढल्ने संकेत: अध्यक्ष बस्नेत

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, ३ असार/

शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत (बाबा)ले वर्तमान गणतान्त्रिक व्यवस्था ढल्न लागेको संकेत देखा परेको बताउनु भएको छ ।

चन्द्रसूर्य वाणीसंगको एक अनौपचारिक भेटका क्रममा शिवसेना अध्यक्ष बस्नेतले सो कुरा बताउनु भएको हो ।
वर्तमान गणतान्त्रिक व्यवस्थाको सर्वोच्च पदमा बसेर कुशासनको साम्राज्य फैलाइरहेका व्यक्तिहरुकै कारणले गणतन्त्र पतनको बाटोतिर तीब्र रूपमा अघि बढिरहेको अध्यक्ष बस्नेतले बताए ।

“वर्तमान सरकारका प्रम. ओली र सत्तासीन दलहरु विदेशीको स्वार्थको लागि नेपाल र नेपालीको मौलिक पहिचानलाई ध्वस्त पार्न लागेको हुँदा देशभक्त नागरिकहरूको प्रतिकारमा वर्तमान व्यवस्था नै ढल्ने संकेत मैले पाएको छु,” अध्यक्ष बस्नेतले भने ।

उनले भने, “विदेशीको इशारामा नेपाल र नेपालीको भावना विपरीत संघीय, धर्मनिरपेक्ष गणतन्त्र लादिए पश्चात नेपालको मौलिक पहिचान, धर्म संस्कृति, रीतिथिति, परम्परा र इतिहास मेट्न राज्य प्रणाली नै लागिपरेको बताए । पटक पटक निरन्तर रूपमा नेपालको मौलिकता मेटाउन लागिपरेका विदेशी दलालहरु विरुद्ध शिव सेना नेपाल नेपाली जनताको सहयोगमा प्रतिकारमा उत्रिन तयार छ ।

पछिल्लो समयमा राज्यबाट भैरहेको विदेशीका सन्तानलाई वंशज नागरिकता बाँडने काम, ३३ किलो सुन काण्ड, निर्मला पन्त बलात्कार र हत्याकाण्ड, बालुवाटार बिक्रीकाण्ड, खुल्ला मंच बिक्री काण्ड, वाइड बड़ी जहाज काण्ड, मीडिया काउंसिल विधेयक, हुँदै यतिखेर गुठी विधेयक ल्याउने जस्ता कामले सरकारको नियत स्पष्ट पारेको छ भन्दै अध्यक्ष बस्नेतले भने, “दुई तिहाईको दम्भमा नेपाली जनताको भावना विपरीत कार्य गर्ने अधिकार कसैलाई छैन ।

शिव सेना नेपाल गुठी विधेयक फिर्ता हुनु पर्ने आन्दोलनमा ऐक्यवद्धता सहित सहभागी छ, यसका साथै शिव सेना नेपाल धर्म र राष्ट्रभूमिको रक्षाको लागि जस्तोसुकै प्रतिकारमा उत्रिन परे पनि पछि हटने छैन ।

हिन्दू धर्ममाथि क्रिश्चियनिटी लादने प्रयास, मन्दिर भत्काएर चर्च बनाउने कार्य, घरघरमा क्रिश्चियन एजेन्ट पठाई धर्म परिवर्तन गर्न लगाउने जस्ता कार्य राज्यकै संरक्षणमा भैरहेको समयमा सनातनी र राष्ट्रभक्त नेपालीहरु त्यसको प्रतिकारकामा उत्रिने तयारीमा रहेको अध्यक्ष बस्नेतले बताए ।

शिवसेना नेपाल यतिखेर के गर्दैछ ? भन्ने चन्द्रसूर्य वाणीको जिज्ञासामा अध्यक्ष बस्नेतले संकटमा परेको वर्तमान नेपाल र नेपालीलाई पुनः सुन्दर, शान्त र सम्मुनन्त नेपाल निर्माणको दिशामा अघि बढाउन सबभन्दा पहिला देशका आन्तरिक शत्रुलाई परास्त गर्नुपर्ने अवस्था आएकोले देशभरी नै शिव सैनिकहरु गृहकार्यमा लागेका छन । धर्म र राष्ट्रभूमि वर्तमान व्यवस्थामा सर्वाधिक संकटमा परेको हुँदा यसको रक्षार्थ हिन्दू अधिराज्य पुनर्स्थापना निर्विकल्प उपाय हो, शिव सैनिक एवम सम्पूर्ण नेपालीको चाहना बमोजिम नेपालमा हिन्दू अधिराज्य पुनर्स्थापनाको तयारीमा हामी छौं ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -