– स्वर्ण विक्रम शाह
राणाकालमा पनि नेपाल यति शक्तिशाली थियो कि, नेपाल सामुन्ने भारत बारम्बार झुक्दै आएको छ । त्यो श्री ५ महाराजाधिराज त्रिभुवनको पालामा होस कि श्री ५ महेन्द्र वीर विक्रम शाहदेवको पालामा । अझै सत्य लेख्ने हो भने त श्री ५ महेन्द्र सरकारको पालामा त भारत नेपालको अगाडी लम्पसार नै पर्दथ्यो । यसको लागि हामी हाम्रो ईतिहासलाई कोट्याऊने हो कि ?
श्री ३ मोहन शम्शेर र नेपाली काँग्रेसबीच मध्यस्थ बनेर भारतले नेपालमा गर्न खोजेको सुक्ष्म व्यवस्थापन भने थप नचल्ने संदेश प्रष्ट भयो । स्वभाविक रुपमा यो कुरा भारतीय नेताहरुलाई मन पर्ने थिएन र परेन पनि ।
संसदिय प्रणाली पुनस्र्थापना गराउने बहानामा भारतको हरसंभव प्रयत्न नेपालमा प्रभाव जमाउने तर्फ नै केन्द्रित रह्यो । पञ्चायतकालमा नेपालले अन्य मुलुकबाट कच्चा तेल आयात गरेर भारतमा प्रशोधन गर्दथ्यो तर बहुदलको पुनःस्र्थापना संगै नेपालले केवल भारतसंग तेल लिनुपर्ने सम्झौता भयो । यो भारतको त्यही लगातार प्रयत्नको सफलतको परिणाम हो ।
नेपालको परराष्ट्र नीति असंलग्न र पञ्चशिलको आधारमा रहेको र त्यसै अनुरुप व्यवहार हुनुपर्ने कुरा बुझाउन परराष्ट्रमन्त्री ऋषीकेश शाहलाई भारत पठाईयो ।
असंलग्न आन्दोलन र पञ्चशील नीतिका संस्थापक मध्ये नेहरु पनि हुन, अर्थात भारत पनि हो । त्यसै नीति अन्तरगत चल्ने नेपालको प्रयत्नमा भारत बाधक हुन्न भन्ने विश्वासले नेपालले ऋषीकेश शाहलाई पठाएको थियो ।
तर, उनी नेपालको कुरो भारतलाई स्पष्ट गर्नुको साटो भारतको कुरा नेपाललाई बुझाउन तैयार भएर आए । फलतः राजा महेन्द्रले उनलाई बर्खास्त गरे ।
यही घटना नेपालमा नाकाबन्दी गरेर झुकाउन खोज्ने भारतीय नीतिको आरंभ बन्यो ।
सरदार भीमबहादुर पाण्डेले “श्री ५ महेन्द्र र नेपालको असंलग्न परराष्ट्र नीति” लेखमा २०१९ सालमा नेपालमाथि “अघोषित नाकावन्दी” लागेको उल्लेख गरेका छन् ।
जसलाई चीनले आप्mनो विदेशमन्त्री मार्फत चेतावनी दियो कि भारतले नेपालमाथि हस्तक्षेप नगरोस । यसको केही समय पछि चीनभारत युद्ध भयो ।
भारतले विश्वजनमत आफ्नो पक्षमा पार्न र सहयोग पाउन नेपाल लगायत ११४ मुलुकलाई पत्र लेख्यो ।
विवादित १९५० को सन्धी र भारतले मागेको गुहारले पनि यो मामिलामा नेपाललाई तटस्थ बस्न रोक्न सकेन । अर्थात नेपालले भारतको त्यो पत्रलाई महत्व दिएन ।
त्यसैले भारत अघोषित नाकावन्दी झिकेर सम्वन्ध सुधारको प्रयत्न गर्न विवश भयो । भारतले गृहमन्त्री लालवहादुर शास्त्री, भगवान सहाय, डा. कर्णसिंह लगायतलाई निमित्त पठाएर सम्वन्ध सुधार गर्नु पर्यो ।
यस लेखमा मैले मेरा अग्रज दाजु स्वयम्भु नाथ कार्की ज्यूको शब्द र ऊहाँको लेख लिएको छु ।