Thursday, November 28, 2024
घरविचारजाँदा–जाँदैः बिक्न तयार ब्राह्मण र तपस्वी राजा

जाँदा–जाँदैः बिक्न तयार ब्राह्मण र तपस्वी राजा

– मणिराज सत्याल

वर्तमान समयमा नेपालभित्र जो जो गणतन्त्रले देश बन्छ भन्ने ब्राह्मणहरु छन्, ती प्रायःले वेद, महाभारत, रामायण, लगायत इतिहासको दस्तावेजलाई सुरक्षित राख्दै, देशलाई मन्दिरै मन्दिरको देशको परिचय कायम राख्नुको सट्टामा, धर्म निरपेक्षको चंगुलमा फसेर पैसाको लोभमा, बाहिरी क्षणिक फाइदाको लोभमा फसेर राजनीति गर्न थाले, राजनीति गर्नु आफू सफल हुनु हो त्यसकोलागि अधिकांश ले आप्mनै वंशको, जातको, कुलको, धर्मको विरोध गर्न थाले, जसका कारण नेपालका १२५ जाति मध्ये एक, जस्ले सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्छ, माथिल्लो जातको विरोध माथिल्लो जात मध्यबाट जब हुन्छ र साम दाम दण्ड भेद प्रयोग गरेर आफू अगाडी बढ्न सकिन्छ भने १२४ जातका मानिस आप्mना पछि लाग्छन् र स्थायी नेता बन्न पाइन्छ, । स्थायी नेता भनेकै भोलिको नयाँ राजा बन्ने खुड्किला हो । यो कुटिल चाल लाई लुकाउन यिनले नयाँ नेपाल भनेका हुन र आप्mनै जातको जरो उखेल्न शुरु गरेका हुन । आफुलार्ई खरब पति बनाउन सुरु गरेका हुन् ।

यही उद्देश्य पुरा गर्न जनै फुकालेर नाटक सुरुवात गरेका हुन, यिनिहरु गायत्री जप्दैनन् विदेशी विधर्मीसंग अंकमाल गर्छन्, जस्ले जीवनलाई सहजै सम्पन्नता तिर ढल्कन ठुलो मद्दत गर्छ । जब पैसा कमाएर ल्याएपछि, ठूलो घर बनाएपछि, त्यही घर पवित्र बन्न त सक्दैन तर बाहिरबाट देखिन्छ । जब यो परिस्थितिको सृजना हुन्छ, तब उपदेशकर्ता, नागरिक समाज भनाउँदाहरु पनि यिनैसंग मिसिन्छन् । अनि मानव सबै एकै हुन भनेर वकालत गर्दछन् । संसारको जुनसुकै देशमा गएर गाई, गोरु, पाडो, बाच्छो, बँदेल भैंसी लगायत जुनसुकै जनावरको मासुसंग भात मुछेर खाएर आएको भएपनि, पैसा लिएर आएपछि उ चोखो बाहुन हुन्छ र सम्पन्नता नै सफल जीवन हो भन्ने आजको क्षणिक मान्यताले नै सत्यलाई कुल्चिरहेको छ । राजनीतिमा नैतिकताको खाडल परिरहेको छ र यो नियत यिनिहरुको २०४६ देखिको रहेछ । हामी नेपालीले चिन्न सकेनौं र यो नेताको सम्पन्नताको बाधक नेपालको धर्म खम्बा, राजसंस्था रहेछ । प्रमाणित २०६३ को राजतन्त्र फाल्ने रातको बाह्र बजेको निर्णयले छर्लङ्ग पारिदियो । जुनबेला ९५५ नेपाली जनता निन्द्रामा थियौं । अब यो कुरा नौलो पनि रहेन ।
जब आज यही अत्याचारले सिमा नाघ्यो तब ब्राह्मणको सट्टा राजा तपस्वी बन्नु परेको छ र मन्दिर मन्दिर जाँदै देशलाई फेरि मन्दिरै मन्दिर को देश कायम गर्नुपरेको छ ।

त्यसैले भनेका थिए तपस्वी ब्राह्मण लक्ष्मी प्रसाद देवकोटा ले नेपाली का लागी श्री पेज सात गंगा हो “यो सम्पुर्ण नेपाल हो । जय मुलुक जय राज मुकुट ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -