– स्वयम्भुनाथ कार्की
४७ सालमा भित्र्याउन असफल भएको ‘धर्मनिरपेक्ष’ ६३मा प्रतिनिधिसभा घोषणा पत्रको खोलमा गीरिजाप्रसाद कोईरालाको हातबाट रोष्टममा पुग्यो । तर धर्मनिरपेक्ष शव्दमा पुग्दा नपुग्दै उनको हिम्मतले जवाफ दियो । अस्वस्थ भएर बीचैमा अस्पताल पुगे , बा“की पढ्ने काम भर्खर सभामुखको जिम्मेवारी पाएका सुभाष नेम्बा¨ले पुरा गरे । उनलाई यो कामले यति राम्रो फाप्यो कि त्यसपछि लगातार सभामुख अनि अध्यक्ष पद उनकै पोल्टामा परेको छ ।
यो पद आजिवन उनको हुनसक्ने संभावनाहरु देखिदैछन । त्यसैले त उनी व्यवस्थापिका संसद होस वा संविधानसभा राणाहरुको हुकुमी शैलीमा चलाउने गर्दछन । उनलाई छेक्ने नियम तुरन्त निलम्बन गरिदिन्छन । संविधानसभा बाहिरबाट आएको कुरा यहि नियम निलंम्वनको घनले ठोकेर भित्र पसाल्छन । ‘सुचना टा“स’ , ‘फाष्टट्याक’ जस्ता मनमौवि गर्ने हतियार प्रयोग गर्दा पनि उनी विवादमा आएका छैनन । कतै यो यहि धर्मनिरपेक्षता प्रतिनिधिसभामा छिराउन गरेको उनको योगदानको फल त हैन भनेर सोध्नेहरु पनि अब फाट्टफुट्ट देखिन थालेका छन ।
नेपाल र नेपाली दैनिक जीवनमा नै उथलपुथल ल्याएर मुलुकलाई गृहयुद्धको संघारमा ल्याउने यो शव्दको नालीवेली के रहेछ भन्ने चौचौ भयो । त्यसको खोजी गर्दा अनेकौ रोचक कुराहरु भेटिए । ती मध्ये केहि सबैलाई जानकारी गराउन मन लागेकोले यहा“ प्रस्तुत गर्ने जमर्को गरेको छु । १३ अप्रिल १८१७मा बेलाईतको बर्मि¨ममा जन्मेका जर्ज जेकव होलेकले सन १८५१ मा यो शव्द जन्माएका रहेछन ।
प्रवचनकर्ताहरुलाई परमेश्वरको नाममा धार्मिक सपथ खुवाएर आइतवारे धार्मिक असुली गर्ने चलनको विरोध गरे वापत होलेक जेल परे । तर परमेश्वरको अस्तित्व अस्विकार गरे वाउत मुद्धा खेप्ने उनी नै अन्तिम व्यक्ति भए । छ महिनाको जेल पछि उनले धर्मले रान्यको काममा र राज्यले धर्मको काममा हुने गरेको हस्तक्षेपको विरोधमा चाल्र्स साउथवेल संग मिलेर अभियान चलाए । उनिहरुको यो प्रयत्नले चर्चहरुको राज्यव्यवस्थामा हुने गरेको हस्तक्षेप र राज्यको चर्चमा हुने गरेको प्रभाव हटाउने एक सिद्धान्त प्रतिपादन भयो जो र्धानिरपेक्षता वा सेकुलरिज्मको नामले चिनियो ।
यसका केहि मुख्य बु“दाहरु छन (यसमा बाइबलको उल्लेख भएको छ किनभने त्यसवेला र त्यस स्थानमा बाईबल नै ेपमात्र धार्मिक ग्रन्थ थियो)ः
१. चर्च अनि धार्मिक संस्थापनाका सम्पत्तिहरु करमुक्त हुनु हु“दैन
२. सरकारका र राजश्वबाट संचालित कुनै पनि स्थानमा धार्मिक प्रतिनिधिहरु हुनु हु“दैन । सरकार र कुनैपनि सरकारी निकायले चलाएका सहयोग गरेका सबै धार्मिक संरचनाहरु समाप्त गरिनु पर्दछ ।
३. धार्मिक नाम र लक्षको निमित्त खुलेका सबै शैक्षिक तथा परोपकारी संस्थाहरुलाई जनताको पैसाबाट (राजश्व) सहायता दिन बन्द गरिनु पर्छ ।
४. सार्वजनिक विद्यालयहरुमा धार्मिक आधारको नैतिक शिक्षा , बाईवलको शिक्षा अनि धर्म प्रवर्भन गरिने शिक्षा प्रतिवन्धित गरिनु पर्छ ।
५. राज्यवाट कुनै पनि धार्मिक समारोहको निमित्त प्रतिनिधि पठाईनु हु“दैन ।
६. अदालतमा वा कतै पनि धार्मिक पुस्तक, आर्मिक आस्थाको शपथ खुवाईनु हु“दैन ।
७. कुनैपनि धार्मिक संस्कृतिक कार्यक्रमहरुमा उपस्थिति हुनुपर्ने गरेर बनाईएको कानून निरस्त हुनु पर्छ ।
८. इसाई नैतिकता प्रवर्धन गर्ने कुनै पनि कानून हटाएर प्राकृतिक नैतिकता समानता र न्याय आधारित कानून हुनु पर्दछ ।
९. धार्मिक आधारमा कुनै सुविधा दिने गरेर संविधान र कानुन बनाइनु हु“दैन ।
यी सबै धर्मनिरपेक्षताका संस्थापक मान्यताहरु हुन । अहिले विभिन्न बहसहरुमा आउने गरेका र्धानिरपेक्षताको बुझाइ अनुसार छैनन । त्यसैले पहिले धर्मनिरपेक्षता के हो भन्ने आधारभूत जानकारी वेगर यसको पक्ष वा विपक्षमा बहस गर्नु निरर्थक हुन्छ । आधुनिक धर्म निरपेक्षताको व्याख्याको अभाव भएकाले हामीले देखेहको भारतमा अभ्यास गरिएको धर्मनिरपेक्षता वास्तवमा धर्मनिरपेक्षता नभएर सर्वधर्म सापेक्षता हो । यस्तो धर्मनिरपेक्षताले भारतमा वर्तमानमा पनि जनताबीच वैमनस्यता ल्याउने काम गरेको छ । संभवत सवैैभन्दा धेरै धार्मिक दंगामा ज्यान गुमाउनेहरु भारत वा यस्तै अन्य धर्मनिरपेक्ष मुलुकमा छन ।
क्राइमचेक साप्ताहिकमा २०७५ चैत्र २७ गते प्रकाशित