Wednesday, November 27, 2024
घरविचारधर्म संस्कृतिमहायज्ञअघि मझौलियामा निकालियो कलश यात्रा

महायज्ञअघि मझौलियामा निकालियो कलश यात्रा

अनिल कुशवाहा
मझौलिया। कलैया उपमहानगरपालिका- १६ टोल मझौलियामा विष्णु महायज्ञ आज शुरु हुँदैछ । यज्ञ शुरु गर्नुअघि कलश यात्रा निकालिएको छ ।
मझौलिया मठबाट निकालिएको कलश यात्रा ११ वटा नगर परिक्रमापछि यज्ञस्थल मझौलियास्थित रंगशालामा पुगेर समापन भएको छ । कलश यात्रामा हजारौ सहभागी भएका थिए ।

विष्णु महायज्ञ मुल आयोजक समितिका अध्यक्षमा वड़ा न.१६ का वड़ा अध्यक्ष शेषनाथ साह लगायत सम्पूर्ण गाँउबासीले विष्णुको पूजा गरेर कलश यात्रा शुभारम्भ गरिएको थियो ।
महायज्ञका लागि नेपाल र भारतका ५ हजार भन्दा बढी व्यक्तिहरु कलैया उपमहानगरपालिकाको मझौलिया गाँउमा आइसेका छन् ।

चैत २७ देखि बैशाख ६ गतेसम्म हवनकुण्डमा पूजन तथा हवन कार्यक्रम राखिएको छ । नौ दिनमा करिब लाखौं सहभागी हुने अपेक्षा गरिएको छ । आगन्तुकलाई निःशुल्क भोजन, आवास तथा औषधोउपचारको व्यवस्था मिलाइएको छ । श्री ने.रा.प्रा. वी. मझौलिया स्कूल अन्तर्गतको छात्रवासमा प्रदर्शनी स्थल, सुत्नलाई छात्रावास मैदानमा टेन्ट, धर्मशालाको पनि सुविधा दिएका छन् 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -