कङ्गकम स्पोर्ट्स क्लबद्वारा क्लबको राधाकृष्ण ब्याडमिन्टन कोर्टमा आयोजना गरिएको ९ औ बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको सेमि फाईनल र फाईनल खेल बर्षाका कारण नियमीत दिनमा गर्न नसकि पछाडि सार्न क्लब बाध्य भएको र यसबाट मर्कामा पर्न गएका क्लबहरु र सो क्लबका खेलाडिहरु संग माफि मागेको कुरा क्लबका अध्यक्ष राजेश गुरुङ्ग ज्युले बताऊनु भयो ।
अब बाँकि खेल कहिले र कहाँ गराउने प्रश्नमा यस प्रतियोगिताको संयोजक तथा नेपाल ब्याडमिन्टन संधका सचिब श्री नबिन बिक्रम शाह ज्युले बताऊनु भयो, “ यस प्रतियोगितामा हामीले यसरी सेमी फाईनल र फाईनल खेल सार्न परेकोमा हामीलाई पनि धेरै दुख लागेको छ तर प्रकृतीको अगाडि कस्को के लाग्छ र । यो ईनडोर नभई आऊटडोर प्रतियोगिता भएकोले हामीले यो समस्याको सामना गर्न परेको हो । त्यहि पनि हामी यस प्रतियोगितालाई जसरी पनि सफल बनाऊने छौ । अब हामीले पहिलो सेमि फाईनल जुन रिमिक्स् बि सी क्लबका रबित महर्जन र भुवन श्रेष्ठ तथा तिनचुली बि सीका अभिषेक महर्जन र आकाश चन्टाल बिच हुने र दोश्रो सेमी फाईनल कम्प्लिट हेल्थ क्लबका पेम्बा शेरपा र लोक लामा र देऊराली क्लबका हिमांन्सु श्रेष्ठ र थम राना बिच हुने खेल आऊदो मंगलबार माघ २९ गते र तेश्रो र चौथों को लागि फागुन १ गते गराई बिचमा दुई दिन फागुन २ र ३ ख़ाली राखी शनिबार फागुन ४ मा फाईनल तथा क्लोजिङ्ग सेरोमनी गराऊनेछौ ।”