नेपालको राजनीति नै व्यापारीकरण भएको छ । नोटले भोट किन्ने परिपाटी बसेको छ । राजनीति उद्योग बनेको छ । राजनीतिमा लागेकाहरुले अनैतिक तवरले धन बटुल्ने अवसर पाएका छन् । केही दशक अघि चप्पल लगाएर नेपाल चहार्ने पुष्पकमल दहाल “प्रचण्ड” लगायतका राजनीतिक दलका नेताहरु गलत किसिमले अकुत रुपैया“ कमाई विदेशी बैंकमा कमाएको रकम जम्मा गर्ने हैसियतमा पुगेका छन् । शिक्षा भर्सेस राजनीति भन्ने, बुझ्ने गरिन्छ ।
नेकपा एमालेका लगभग सबै नेताहरुको लगानी अस्पताल, वोर्डिङ स्कूल, ऋण तथा बचत सहकारी संस्थामा छ विदेशीको दलाली गरेर, नेपालमा घरजग्गाको दलाल बनेर सत्ता दलाल भएर धन कमाउनेहरुलाई सा“सद भन्नु परेको छ ।
दलाल, ठेकेदार पप्पु कन्स्ट्रक्सनका हरीनारायण रौनियार जस्ता दलाल ठेकेदार, ठगहरु स“सदमा धेरै जना छन । सरकार र स“सद उनीहरुको रक्षा कवच बनेको छ । पूंजीपति दलालहरुको चौतर्फी विरोध भइरहेको छ तर लाज पचेका उनीहरुलाई कुनै पर्वाह छैन । राजनीति, न्याय क्षेत्रमा मन भित्रैबाट श्रद्धा, आदर गर्न लायक व्यक्ति कोही देखिएनन् । दलाली, ठगी, विचौलियामा लागेका व्यक्तिहरुले राम्रोस“ग पारिवारिक गुजारा चलाइरहेका छन् । बा“की नेपालीहरुले कष्टकर, धौ–धौ जीवन गुजारा गरीरहेका छन् । राजनीति परिवर्तनको फल अवसरवाद, दलाल पूंजीवाद बनेको छ । धनी र गरीबबीचको खाल्डो ठूलो बन्दै गइरहेको छ । राजनीतिमा लागेका व्यक्तिहरुको अनुशासन, नैतिकता, चरित्र सवै क्षय हु“दै गइरहेको छ ।
राजनीति अनैतिक व्यक्ति, दलाल उत्पादन गर्ने साधन बनेको छ । भ्रष्टाचार राजनीतिको पर्याय बनेको छ । रक्सी, जुवा, तास, वेश्यावृत्ति संस्कृति बनेको छ । राजनीतिक दलाल, समाजिक दलाल, वेश्याको दलाल, मानव वेचविखन दलाल, कर्मचारी दलालहरुको बोलबाला भएको नेपाली समाजमा वुद्धि जीवीहरु पनि अवसरवादी, अनैतिक बन्दै गइरहेका छन् । राजनीति पैसा कमाउने पेशा होइन, सेवा हो भन्ने तर हरेक कुरामा पैसा मात्र देख्ने नेता, कार्यकर्ताले राजनीतिकै बदनाम गरिरहेका छन् । राजनीति एउटा घृणित खेल बनेको छ । राजनीतिमा सहभागिता बढेको छ ।
पछिल्लो पटक केपी ओली नेतृत्वको तथाकथित वामपंथी सरकारले तीनै तहका जननिर्वाचित जनप्रतिनिधिहरुलाई तलव दिएर तलवदार कर्मचारी वनाई दिएको छ । यही होला वामपंथी नामको प“ूजीवादी व्यवस्थाको विशेषता प“ूजीवादको विकृत स्वरुप नेपालमा यतिखेर देखा परेको छ । अनैतिक ढ“गले पैसा कमाएर धनी हुने, भौतिक सुखसुविधा भोग्ने व्यक्तिहरुमा आफनो बाहेक अरुको चिन्ता हुदो रहनेछ । नेपालमा पैसा खर्च भएमा नहुने सबै काम हुन्छ भनिन्छ । पैसा स“स्कृतिले समाजलाई गलत बाटोमा लगेको छ । एक दिन गलत बाटो भत्किने छ भन्ने हेक्का अहिले कसैमा छैन । धनीहरुमा यत्तिकै पुगिसरी सधै“ आ“उछ भन्ने मानसिकता छ । राजनीतिमा व्यापारिकरण, शिक्षामा व्यापारिकरण, स्वास्थ्यमा व्यापारिकरण अहिलेको प्रमुख चिन्ताको विषय हो । मुठीभरका व्यक्तिहरु धनी हुन र मध्यम वर्गीय समाज गरिब हुदै जाने राजनीति अहिले चलेको छ । राजनीति व्यापारीकरणले नेपाली राष्ट्रवाद, नेपालको आदर्श र गौरवलाई नै धरापमा पारेको छ । राजनीति व्यापारिकरणको झण्डालाई च्यातचुत पारेर आर्थिक समृद्धशाली नेपाल बनाउन राजनीति सेवावादी झण्डा बोक्नु परेको छ । दलाल, ठग, वेईमान, भ्रष्ट, अयोग्यहरुलाई राजनीतिमा निषेध गर्नु पर्दछ । यथास्थितिमा परिवर्तन चाहने परिश्रमी नेपालीहरुले आफूले पनि अनैतिक नगर्ने, अनैतिक गर्नेलाई पनि नछाड्ने अभियान चलाएमात्र सुखी नेपाली, शान्त नेपालको चाहना पूरा हुन्छ । मिलन पाण्डेले टवीटरमा हालेको शिक्षा भर्सेस राजनीति लेख निकै सान्दर्भिक छ । सो लेखमा भनिएको छ । हाम्रा दलहरुको शिक्षा नीति अनि हाम्रो बुझाईलाई नै रिसेट गर्ने बेला आएको छ । अहिलेको शिक्षा नीतिले विद्यार्थीलाई घरबाट स्कूलसम्म कसरी पु¥याउन मै सीमित छ । अब विद्यालय भित्र लगेर कसरी सक्षम बनाउने भन्ने नीति चाहिएको छ । हालसम्म दलहरुले अनि शिक्षाविदहरुले शिक्षामा भन्न बा“की र लेख्न बा“की केही छैन । अब गर्न बा“की हो ।
शैक्षिक दलालहरुले व्यापारीकरणलाई जोड दिएका छन् । म“हगा वोर्डिङ स्कूल देशको माटो, हावा, पानी, नसुहाउ“दो शिक्षा नीति, अव्यवहारिक शिक्षा नीतिले आखिरमा तनाव जन्माउ“छ । शैक्षिक बेरोजगारीले आत्महत्या बढाउ“छ । शिक्षा पाएका विद्यार्थीहरुमा दुव्र्यसनको कहाली लाग्दो समस्या देखा परेको छ । शिक्षाले धनी र गरिब वर्ग छुटयाएको छ । व्यक्तिमा ग्लानी बढाएको छ । शिक्षा सबैका लागि पढेर पनि रोजगारीमा समान अवसर पाइएन भने मानिसमा असन्तुष्टि बढ्दछ । शिक्षा स्वरोजगार मुखी नेपालको आवश्यकता हो ।
हामीले नदेखेको र नसोचेको आर्थिक उन्नति गराउने शिक्षा हामीलाई चाहिएको छ । शिक्षामा धनी देशको नक्कल गरेर गरिब राष्ट्रको कल्याण हुदैन । सबैको लागि स“धैका लागि उपयुक्त शिक्षा नीति भएन भने समाजले अनावश्यक हण्डर खेप्नु पर्ने हुन्छ । नेपालको शिक्षा नीति ट्रायल एण्ड इरर मेथडले चलेको छ ।
यतिखेर दुनिया“ बदलिएको छ, शिक्षाको परिभाषा बदलिएको छ । पुराना नीतिहरु फेरिएका छन् । परम्पराको क्रम भंग भएको छ । बजार फैलिएको छ । तर नेपालमा विडम्बना केही दशक यता हाम्रो राज नीति अनि शिक्षाले हाम्रो समाज उकास्न, राष्ट्र निर्माण गर्ने कुनै महत्वपूर्ण भूमिका खेलेको छैन । शिक्षामा पैसा लगानी गर्ने, शिक्षामा व्यापारिकरण गर्ने मानिस रातारात धनी भएका छन् । शिक्षा अनि राजनीति सम्बन्धले कुनै पनि समाजको दिशा अनि गति निर्धारण गर्छ । शिक्षा, स्वास्थ्य, कृषि जीवन सबमा राजनीति हुन्छ । नेपाली समाज गलत शिक्षा र गलत राजनीतिको सिकार हुदै गइरहेको छ । राजनीतिले नागरिक अनि राज्यलाई जोडदछ । राजनीति नागरिकको जीवन लाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, श्रमको खोज, स“कलन, प्रस्फुटन गर्ने विज्ञान हो जहा“ नागरिकको आवश्यकता हुन्छ, त्यहा“ राजनीति हुन्छ । हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्ने विज्ञान नै राजनीति हो । नेपालको नकारात्मक शिक्षाले मानिसलाई सही र गलत बाटो छुटयाउन नसक्ने बनाई दिएको छ । शिक्षामा डिग्री हासिल गरेका व्यक्तिहरुको विदेश पलायनको लहर चलेको छ । देश प्रेम हराएको छ । देशप्रति नागरिकले गर्नुे पर्ने कर्तव्य बिर्सिदै गएको छ । हाम्रो योग्यता, क्षमता, दक्षतालाई बजार अनि समाज सम्म पु¥याउन मदत गर्ने शिक्षा चाहिएको छ । सिकेको कुरा उपयोग गराउन अनि उत्पादनशील र उद्यमशील बन्ने वातावरण वनाउन शिक्षाकै भूमिका हुन्छ । समाजको आवश्यकता अनुरुप नेतृत्व विकासको निम्ति शिक्षा सवैभन्दा महत्वपूर्ण आधार हो । नागरिकलाई नीति, नेतृत्व, दलहरु, सत्ता, व्यवस्था आदिबारे चेतना भर्ने माध्यम पनि शिक्षा हो । तसर्थ राजनीतिको ‘स्टेरिङ’ नै शिक्षा हो । वर्तमान शिक्षा दलाल पू“जीवादी शिक्षा हो । मानिसले मानिसलाई शोषण गर्न मद्दत पुग्ने शिक्षा हो वैज्ञानिक समाजवादी शिक्षा नेपालका लागि वाञ्छनीय हुन्छ । नेपालको वर्तमान राजनीति र शिक्षा असफल छ । हामीले राजनीतिमा व्यापारिकरण, शिक्षामा व्यापारिकरण विरुद्ध हस्तक्षेप गर्नु नै पर्दछ । भविष्य विरुद्धको राजनीति र शिक्षा नीतिको समर्थन गर्न सकिदैन । शैक्षिक दलाल, माफियाको लहै लहैमा लागेर हामीले हाम्रा सन्ततिको भविष्य विगार्न दिनु हु“दैन ।
२०७५ माघ १७ गते क्राइमचेकमा प्रकाशित