Wednesday, November 27, 2024
घरक्राइम चेकराष्ट्रवादी अभियन्ता मानव सेवकको मन्तव्य सुनेर भारतीय दूतावासका कर्मचारीले ताली बजाए, के...

राष्ट्रवादी अभियन्ता मानव सेवकको मन्तव्य सुनेर भारतीय दूतावासका कर्मचारीले ताली बजाए, के भने त मानवले ?

क्राइमचेक प्रतिनिधि/
वीरगंज/राष्ट्रवादी अभियन्ता मानव सेवकले भारतीय दूतावासका कर्मचारीको अगाडी पृथ्वी नारयण शाहको चर्चा गर्दै पृथ्वी नारायण शाह राजा मात्र नभई दिव्य पुरुष भएको र उनी राजा महाराजाको स्थानमा एशियाकै उत्कृष्ट युग पुरुष भएको दाबी गरेपछि दूतावासका कर्मचारीले ताली बजाएर उक्त भनाईको स्वागत र समर्थन गरे ।

२९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन वीरगंजको घण्टाघारमा आयोजित एक कार्यक्रममा अतिथिको आसनबाट बोल्नु हुँदै राष्ट्रवादी अभियन्ता मानव सेवकले “पृथ्वी नारायण शाह राजा मात्र नभएर दिव्य पुरुष थिए, पृथ्वी नारायण शाहको एक्लो प्रयास नारायण शाहको एक्लो प्रयासले मात्र होइन, नेपालीका पूर्खाहरूको योगदानले नेपाल निर्माण भएको हो । पृथ्वीनारायण शाहले राष्ट्र विखण्डन र अरुको धर्म मास्ने काम कहिल्यै नगरेको चर्चा गर्दै गर्दा भारतीय महावाणिज्य दूतावास वीरगंजका विनोद कुमार ताली बजाएर सेवकको वक्तव्यको स्वागत गरेका थिए ।

मानव सेवकले मन्तव्यको क्रममा एसिया विजय गर्न हिंडेको पश्चिमा शक्ति, विश्व साम्राज्यवादीलाई चकनाचुर पृथ्वी नारयण शाहले नै पारेका थिए । २१ वर्षका युवक, सानो गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले विश्वकै सुन्दर देश नेपालको परिचय दिएका थिए, आज तिनै पृथ्वी नारायण शाहलाई देशको शासन सत्तामा रहेका फिरंगीका दलालहरूले उपेक्षा गरेका छन् । दलालहरूको उपेक्षाबाट राष्ट्रवादीहरू विचलित नहुने बरु उनीहरूको पहिचान गरी परास्त गर्न बाटो फराकिलो भएको दाबी गरे । उनले वेलायत इसाइ साम्राज्य हो । देवता नै देवता भएको देश, सनातनी समाजको एकता फुटाउन नसकेसम्म नेपालमा हात हाल्न सकिंदैन भन्ने ब्रिटिस साम्राज्यको ठहर थियो भन्नु भएको थियो ।

मानव सेवकको जोशिलो र प्रखर भाषणबाट मन्त्रमुग्ध भएका बारा पर्साका हजारौंको संख्यामा उपस्थित सहभागीहरूले ताली बजाएका थिए । भने भारतीय महावाणिज्य दूतावास वीरगंजका विनोद कुमारले मानव सेवककै अभिव्यक्तिलाई नै समर्थन गर्दै एसियाकै लागि प्रेरणाको स्रोत पृथ्वी नारायण शाह रहेको र नेपाल राष्ट्रको एकीकरणमा पृथ्वी नारायण शाहको ठूलो योगदान रहेको अकाट्य सत्यलाई कसैले मेटाउन नसक्ने बताउनु भएको थियो ।

राष्ट्रिय सरोकार मंच नेपाल (नारायणी)द्वारा वीरगंजको घण्टाघरमा आयोजित श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको २९७ औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पशुपति विक्रम शाह, अतिथि नागरिक संघर्ष समितिका अध्यक्ष हिरा बहादृुर चन्द, अतिथि मानव सेवक लगायतले पूर्ण कदको पृथ्वी नारयाण शाहको तस्वीरमा माल्यार्पण गर्नु भएको थियो ।

सो समारोहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय प्रशासनका प्रतिनिधि, वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासका विनोद कुमार लगायत नरनारीहरूको व्यापक सहभागिता रहेको थियो ।

जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष एवं प्रमुख अतिथि पशुपति विक्रम शाहले अनेकतामा एकता हुनु पर्नेमा एकतामा अनेकता देखा परिरहेको छ । तीन चिरा हिमाल, पहाड, तराइ भएको नेपाल अखण्ड हुनु पर्दछ । हिमाली, पहाडी, मधेशी भनेर अल्झिने वेला होइन, पृथ्वी नारायण प्रतिको श्रद्धा नै राष्ट्रिय एकता हो भन्नु भएको थियो ।

राष्ट्रिय संघर्ष समितिका अध्यक्ष हिरा बहादुर चन्दलगायतका अतिथिहरूले सो कार्यक्रममा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानबारे चर्चा गर्नु भएको थियो ।

समारोहमा पत्रकार महेश चन्द्र गौतमले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम संचालन साहित्यकार अरुण विक्रम शाहले गर्नु भएको थियो ।

राष्ट्रिय सरोकार मंच नेपाल (नारायणी)का अध्यक्ष नन्द किशोर गोयलले अध्यक्षता गर्नु भएको सो समारोहको अध्यक्षता गर्नु भएको नन्द किशोर गोयलले समारोहमा उपस्थित सबैलाई धन्यवाद दिनु हुँदै प्रमुख वक्ताहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

 

(क्राइम चेक साप्ताहिकमा माघ ३ गते प्रकाशित)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -