नेपाली सन्त हेमा गिरि जोशीमठको शंकराचार्य हुने चर्चा भए पनि उनको आवेदनलाई अस्विकार गरिएको छ । जोशी मठकोलागि अयोग्य ब्यक्ति कसरी नेपालमा नभएको मठको शंकराचार्य हुनेभइन् ? कसले नियुक्ति गर्यो ? नियुक्तिको उदेश्य र अन्तर्य के हो ?
भारतमा चार मठका चार शंकराचार्य छ्न् । चारवेदका चार मठ चारदिशामा चार महावाक्यका आधारमा आध्य शंकराचार्यद्वारा स्थापित हुन् । नेपालमा कुनै मठ आध्य शंकराचार्यद्वारा स्थापित छैनन् ।
शंकराचार्य परंपरा आठौं शताब्दी(सन् ७८८)को हो । पशुपतिनाथलाई दोस्रो शताब्दीको मानिञ्छ, राजा शिवदेवको पालाको । मानदेवको चाँगुनारायणको अभिलेख नै संवत् ३८६को हो । पशुपतिनाथ सनातनी मन्दिर हो न कि बुझिए जस्तो शैव । शैव,बौद्ध, तन्त्र, पाशुपत र वैदिक परंपरासंग प्रत्यक्ष जोडिञ्छ पशुपति ।
नेपालमा नागाहरूको अखडा छैन कतै पनि । शिवरात्री बाहेक नागाहरूलाई नेपाल आउन प्रतिवन्ध नै छ र अभिलेख राखिञ्छ आएको र गएको । नागा महामण्डलेश्वर कसरी शंकराचार्य हुने ? त्यो पनि पशुपतिनाथको ?
नेपालको मन्दिर, शक्तिपिठहरू, गुरुकुल र गुम्वाहरू राज्यको प्रत्यक्ष सहयोगमा सञ्चालित हुन्थे इतिहास हेर्दा, अर्थात् मठाधिशको परंपरा नै नेपाली होइन ।
अखिल भारतीय विद्वत परिषद् , वल्ड हिन्दु फिडरेसन आदि संस्थाहरू नेपालमा शंकराचार्य घोषणा गराउने आधिकारिक निकाय होइनन् । शंकराचार्य उत्तराधिकारी परंपराबाट छानिञ्छ । बर्तमान शंकराचार्यका योग्य उत्तराधिकारी नै अर्को शंकराचार्य हुने हो । हेमा गिरि कुन शंकराचार्यकि उत्तराधिकारी हुन् ? काँशी विद्वत परिषद् पनि शंकराचार्य घोषणा गर्ने निकाय होइन । इलाहवाद उच्चादालतले विवाद भएको खण्डमा मात्र अन्य शंकराचार्यको सहमतिमा राय दिनसक्ने भनेको छ । फेरि इलाहवाद अदालतको आदेश नेपालकोलागि होइन । भारतको सरहद भित्र मात्र ।
शंकराचार्यको योग्यता आध्य शंकराचार्यद्वारा प्रवर्द्धित मठाम्नायले गर्छ । दण्डिस्वामी हुनुपर्ने, वेदवेदाङ्ग र शांकर दर्शनमा पारङ्गत हुनुपर्ने, अखण्ड ब्रह्मचारी/ ब्रह्मचारिणी हुनुपर्ने, योग्य उत्तराधिकारी हुनुपर्ने भन्ने छ । जो जसको नाम चर्चा गरिएको छ, यो सिमा भित्रैको हो ?
महिला हुन् त्यसैले हुन्न, बिबाहिता हुन् , छोडपत्र गरेकी हुन् , राजनीति गर्थिन् त्यसैले हुन्न भन्ने तर्क भने उपयुक्त देखिदैन । बिबाह या महिलाको विषय गृहस्थाश्रमको हो, सन्यासाश्रमको होइन । महामण्डलेश्वर हुन योग्य ब्यक्ति शंकराचार्यकोलागि अयोग्य भन्न मिल्दैन ।
समग्रमा हेर्दा हेमा गिरिको दावेदारी स्थापित चार मठकैलागि हुनुपर्ने देखिञ्छ । नेपाली भएकोले नेपालमै मठ स्थापना गर्ने भन्ने कुरा अशास्त्रीय र नेपाली मौलिक धर्म संस्कृतिको विरुद्ध हो । हेमालाई प्रयोग गरेर नेपालमाथी खेल्न खोज्नेहरूको नेपाली सनातनी विद्वतजन एवं सन्त समुदायवाट बिरोध र वहिस्कार हुनुपर्छ ।