Thursday, November 28, 2024
घरविचारप्रधानमन्त्री को चिन भ्रमण, उनकी श्रीमती र लेडी-इन-वेइटिङ्ग

प्रधानमन्त्री को चिन भ्रमण, उनकी श्रीमती र लेडी-इन-वेइटिङ्ग

-भोजराज बराल

प्रधानमन्त्री को चिन भ्रमण, उनकी श्रीमती र लेडी-इन-वेइटिङ्ग [lady-in-waiting] … 

… प्रजातन्त्र को जननी, पारदर्शिता को नमूना, बेलायत बसेको धेरै भो, यो लेडी-इन-वेइटिङ्ग भन्ने चाहिं रानी र राजकुमारी हरु का पिए वा सुसारे हरु लाइ भनेको सुनेको थिएँ, अरु कसैले प्रयोग गरेको सुनेको थिइनँ! आज प्रधानमन्त्री ओलीको चिन भ्रमण का लागि ११८ जनाको जम्बो टोलीको सूची देखें, त्यसमा एक जना “लेडी-इन-वेइटिङ्ग” पनि देखें – एक किसिमले खुशी लाग्यो, एउटी साधारण नेपाली महिला पनि “लेडी-इन-वेइटिङ्ग” राख्ने गरि रानी वा राजकुमारी सरहको हैसियत मा पुगीछन् भनेर अनि अर्को तिर विरक्त लाग्यो, तिनकै लोग्नेले राजाको विरोध गरे, राजालाई सामन्ती भने र राजतन्त्र फ्याँके, तर अहिले मौका पाउनासाथ आफूले पनि उही राजाकै शैलीमा स्वास्नी लाइ “लेडी-इन-वेइटिङ्ग” को बन्दोवस्त गरेर “रानी” बनाइदिए!



… मेरी स्वास्नीले वा मेरा साथी हरु का स्वास्नी हरु ले त्यस्तो सुविधा पाएनन्, प्रधानमन्त्री की स्वास्नी ले मात्रै पाइन् भनेर गुनासो गरेको पक्कै होइन तर भर्खरै राजतन्त्र फ्याँकेर जनताले जनताका लागि चलाउने गणतन्त्र मा किन फेरी उही राजतन्त्र कै झल्को आउने खालका काम गरिरहेको भनेर मलाइ चाहिं त्यहि उचित लागेन! राष्ट्रपती ले आफ्ना सन्तान लाइ इनाम हरु बाँड्न का लागि, प्रधानमन्त्री ले आफ्नी श्रीमती लाइ “लेडी-इन-वेइटिङ्ग” को बन्दोबस्त गर्नका लागि, मुख्यमन्त्री हरु धूलो माथी रातो कार्पेट बिच्छ्याएर हिंड्न का लागि, मेयर हरु सबै भन्दा महंगा गाडी चढ्ने शोख मेटाउन का लागि बनिएको हो भने जनताले यस्ता कुराका लागि विरोध गर्न पर्छ र हरेक कुरामा पारदर्शिता माग्न पर्छ!

… यी सबै कुरा जनताले तिरेको कर बाट हुने हुन्, कुनै पनि विदेशी दाताले “लेडी-इन-वेइटिङ्ग” का खर्च वा “रातो कार्पेट” को खर्च भर्दैन किनकि तिनका देशमा त्यत्तिको ओहदामा रहेको मानिसले त्यस्तो विलासिता देखाउन पाउन्न, देखाउन मन लागे आफ्नै वा आफ्नै बाबुको सम्पत्ती ले गर्न पर्छ, जनताको कर कहाँ कति खर्च भयो भनेर जनताले पैसो पैसो खोज्छन!

…जिसस, अल्लाह, बुद्ध, ब्रम्हा, विष्णु, महेश्वर का कृपाले हाम्रा नेताहरुमा राजा बन्ने रहर नजागोस्, तिनका श्रीमान वा श्रीमती ले पनि आफ्नो धरातल नबिर्सीउन्, जनतामा पनि मेरो नेताले जे गरे पनि ठिक छ भन्ने खालको भेडो-बुद्धि नआओस् र गल्ती जसले गरे पनि गल्ती नै हो भन्ने चेतना जागोस्! प्रधानमन्त्री को चिन भ्रमण सफल होस्, शुभ दिन!

(बरालको फेसबुक वालबाट साभार)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -