काठमाण्डौ ।
रामबहादुर थापा गृहमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरे यता सुन तस्करीविरुद्धको अपरेसन, सिन्डिकेटविरूद्धकाे अभियान र अध्यागमनमा नीतिगत सुधारको थालनी गरेका थापासँग नेपालखबरले गरेको वार्ताको अंशःछिमेकी देशहरुसँगको सीमा सुरक्षा र सीमावर्ती क्षेत्रमा हुने गतल क्रियाकलाप बढ्दो देखिन्छ। त्यसलाई व्यवस्थित गर्ने विषयमा गृहको तयारी के छ?विगतको सम्झौताका कारणले हाम्रो देशको दक्षिण, पूर्व र पश्चिममा खुला सीमा छ। यो खुला सीमाले तस्करी र अपराधलाई बढवा दिइरहेको छ। त्यसैले हामीले पहिला हाम्रो पुराना सन्धि सम्झौतालाई पुनरावलोकन गरी सीमा नियमन गर्नुपर्छ।
यो सरकारले १९५० लगायतका पुराना सन्धि सम्झौताको पुनरावोलकन गर्नुपर्छ। सीमामा जुन कसिमले तस्करी भइरहेको छ, अपराधी र आतंकबादी गतिविधि भइरहेको छ त्यो रोक्न खुला सीमा बन्द गरिनुपर्छ।अहिले तत्कालका लागि बोर्डर आउट पोस्ट बढाउदै लैजाने र ड्रोनहरु उडाएर सीमाको निगरानी गर्ने भन्ने हाम्राे याेजना छ। यसका लागि ऐन नियम संशोधन हुँदैछन्। सीमा सुरक्षाका लागि जिम्मेवारी पाएको जनशक्तिलाई परिचालित गरेर अहिले २५–३० किलोमिटरको दुरीमा रहेको पोस्टलाई डेढ दुई किलोमिटरमा झार्नुपर्छ भन्ने हाम्राे मान्यता हाे।भारततर्फ प्रत्येक किलोमिटरमा पोस्ट छ। अहिले केही संख्यामा बोर्डर आउटपोस्ट बढाउने र जनशक्ति समेत वृद्धि गर्ने योजना बनाएका छौं। यसले केही हदसम्म सीमा समस्या समाधान भएर जानेछ।बाम सरकारको मात्र होइन नेपालकै ठुलो उपलब्धि हुँदै !